सराङकोटमा बस दुर्घटना ५ को मृत्यु, ५० घाइते
कास्कीको गुन्टेचौरबाट पोखरातर्फ आइरहेको यात्रुबाहक
बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने ५०
जना भन्दा बढि घाइते भएका छन्। घाइते मध्ये ७
जनाको अवस्था गम्भीर
रहेको कास्कीका प्रहरी प्रमुख
हरिबहादुर पालले जानकारी दिए।
ग १ ख ४८४९ नम्बरको बस पोखरा उपमहानगरपालिकाको
सराङ्गकोटको मगर गाउँमा दुर्घटना भएको हो।
कच्ची सडकबाट करिब २ सय मिटर तल
सिमलको रुखमा बस अड्कीएको थियो।
घाइतेहरुको पोखराका विभिन्न
अस्पतलामा उपचार भइहेको प्रहरीले
जानकारी दिएको छ