अन्याय र अत्याचारको पन्जाबाट उम्केर



अन्याय र अत्याचारको पन्जाबाट उम्केर 
नारी, चरा झैँ उन्मुक्त आकाश उड्दै
अन्धविश्वासको घना जङ्गलहरू हटाएर
आफूभित्रको उज्यालो खोज्न चाहन्छे

छोएर पर्वतको उचाइ
नाप्न चाहन्छे सागरको गहिराइ
आफू हराएर पनि 
आफ्नो अस्तित्व भेट्याउन चाहन्छे 

आफ्नो हरेक रूपलाई 
समान रूपमा उजागर गर्दै 
दया माया करुणाको आभा फैलाई रहन्छे ।
परिवर्तनको ताकत नारीमै हुने गर्छ 

२१ औ सदिको नारीमा 
'दृढ इच्छा, शक्ति र चेतनाले 
उच्च आकांक्षाहरु 
सप्तरंगी सपना साकार पार्ने संकल्प गर्दै

समयको रफ़्तारमा आफूलाई ढालेकी हुन्छे ।
नारी अब कसैको खेलौना होइन 
होइन 
कसैको सो केशमा सजाएकी पुतली 

घरमा राखेकी दासी 
यो एक्काइसौं शताब्दीमा 
नारी सीताझैं अग्निपरीक्षा दिने छैनन् 
नयाँ युगकी शक्ति हो नारी

प्रेम र स्नेहकी नाईटिंगेल र टेरेसा 
सहास र सङ्घर्षकी योद्धा 
लक्ष्मी बाइ,पासांगल्हामु
बलात्कारको विरुद्ध फाँसीमा चढ्ने रहेना

असहाय बालबालिकाको संरक्षक मलाला 
र अरू नारीहरू जसले पृथ्वी झैँ अटल बनेर
नारीभित्रको अथाह शक्तिको प्रदशन गरिरहेछन् !
नारी केवल प्रशव पीडा सहने माध्यम मात्र होइन 

संसारको सृष्टि गर्ने जननी 
पुरुषको हातमा हात,काँधमा काध मिलाउदै
रथको एक पाग्रा बनेर पुरुषहरूको 
हरेक पलको सहयात्री पनि हुन् नारी !

नारी अबला होइन सबला छौँ
नारीको एकता नै
नारी समस्या निराकरणको एेक्यबद्धता हो ! 
नारीमाथि हुने विभेद अन्त्य गर्न

लैगिक असमानता हटाउन 
हामी महिला स्वयम् जागरुक होऔं !

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News