किङ खानको काठमाडौं डायरी



Shahrukh_Khan
काठमाडौ, फाल्गुन २९ - सिनेमा पारखीले बलिउड सुपरस्टार किङ खान अर्थात शाहरुख खानलाई नचिन्ने त भएन । उनको स्टारडम कत्रो छ भन्ने सामाजिक संजाल टि्वटरको उदाहरण लिए काफी हुन्छ । त्यसमा उनलाई पछ्याउने फलोअर्स हेरे हुन्छ । भारतमा खान अमिताभ बच्चनपछी दोस्रो स्थानमा छन । प्रायः आफ्ना सिनेमाहरूमा १७ वर्षे तन्नेरीझै देखिने यी ४९ वर्षीय सुपरस्टारपछि अमिर खान, सलमान खान, नरेन्द्र मोदी धेरैले फलो गरेका सेलिब्रेटी हुन ।
विश्वभरको टि्वटर सूचीमा मंगलबारसम्म शाहरुखको स्थान ८७ औं थियो । यिनलाई ११ करोड ६८ लाख भन्दा बढीले पछ्याएको देखीन्छ । प्रसिद्धिको अग्लो स्थानमा पुगेका यीनै खान सोमबार चार्टर विमानमा काठमाडौं ओर्लिए । अघिल्लो बुधबारदेखी शनिबार साझ ७ बजेसम्म बन्द भएको अन्तराष्ट्रिय विमानस्थलमा सोमबार हवाई जहाजको अत्याधिक चाप थियो । चापकै कारण आइतबार उनी आउने तालिका सोमबारका लागि सारिएको थियो । सोमबार पनि ७३ वटा अन्तर्राष्ट्रिय उडान भए ।
यिनै उडानमा थियो, शाहरुख खानको निजी चार्टर विमान । मुम्बईबाट उनी आउने समय १ बजे तोकिएको थियो । जहाजले अढाई घन्टा ढिलो त्रिभुवन विमानस्थलमा अवतरण गर्‍यो । अर्थात ३ बजेर ३३ मिनेटमा उनी ओर्लिए, ६ निजी सुरक्षागार्ड र म्यानेजरका साथ । करिब २५ मिनेट सिमरा आसपासको आकासमा 'होल्ड' मा परेको जहाजबाट काठमाडौंमा ओर्लिएका खानले भीभीआईपी लाउन्जबाट बाहिरीने बित्तिकै थुप्रै फ्यानहरुको हुटिङ पाए । अटोग्राफ लिन तस्विर खिच्न स्कुल/कलेजकै युनिर्फममा विमानस्थल पुगेको भिडमा उनलाई शुरक्षाकर्मीले जान त दिएनन, फ्यानलाई गाडीबाटै संवोधन फर्काए ।
उनीप्रतिको क्रेज कस्तो थियो भन्ने दृश्य, त्यहाँ खटिएका प्रहरी, ट्राफिक, कर्मचारी, पर्यटन व्यवसायी, ट्याक्सी चालक, मुलुकबाहिर जाने र ओर्लिएका यात्रुको घेराइबाट देखिन्थ्यो । चार दिन रोकिएको विमानस्थलमा यात्रुको व्यवस्थापन गर्न खटिएकै मोबाइल र क्यामरा तेस्र्याउँदै शाहरुखको तस्विर खिच्न तछाडमछाड गरिरहेका देखिन्थे । शाहरुख चढेको कारमा उनकै मुख्य निजी शुरक्षाकर्मी बसे । र, उनको कारगेट विमानस्थलबाट लाग्यो बौद्धस्थित पाचँतारे हयात होटलमा ।
हयातको गेटमा पनि शाहरुखले देखे भिड । उनी त्यहाँ हात हल्लाउदै फ्लाइङ किस गर्दै छिरे, सहरकै अब्बल बिजनेस पाचँतारे होटलभित्र । शुरक्षाकर्मीले उनलाई मुलगेटबाट नभएर पार्किङको बाटो हँुदै छिरायो, होटलको प्रेसिडेन्टल सुइटमा । जहाँ उनले लगाई आएको कालोटीसर्ट, जिन्स पेन्ट बदले । 'नेपाली खाना' खाए । रिफ्रेस भएपछि सवा ६ बजे मात्रै भुइँतलामा रहेको रिजेन्सी ब्याङकेटलाई पार्टिसन गरी बनाइएको हल 'ए' मा टुप्लुक्क आए ।
सुटमा सजिएका शाहरुखको हातमा थियो एउटा सानो पुन्टे गमला । दुई हातले सम्हालेर गमला देखाउँदै उनी नायक भन्दा पनि कन्साई नेरोल्याक पेन्टको ब्रान्ड एम्बेस्डरका रूपमा स्टेजमा देखिए । जहाँ साढे २ बजेदेखि उनको प्रतीक्षा गरिरहेका पत्रकार थिए । पत्रकार सम्मेलन भनिएको हलमा आधा पत्रकार थिए भने बाँकि शाहरुखलाई हेर्न/फोटो खिच्न र अटो लिने रहर पालेर आइपुगेका सहरका व्यवसायिक घरानाका महिला, केटाकेटी, उच्च प्रहरीका पत्नी/छोराछोरी पनि सरकारी गाडी चढेर वाकिटाकी भिरेका सादा पोशाकका प्रहरीका साथ त्यसै हलमा थिए ।
शाहरुखले नेरोल्याकले पेन्टका खाली डब्बाको पुन प्रयोग गर्ने अभियान 'यू क्यान' अभियान र यसको फेसबुक पेजको लन्च गरे । त्यसपछी कार्यक्रमकी संचालिका अकेसा बिष्टले पत्रकारलाई प्रश्नोत्तर सेसन सुरु भएको बताइन् । आयोजकले शाहरुख खानलाई सिनेमा र कलाकारिता भन्दा पनि रंगसँग जोडिएका प्रश्न गर्न भनेको थियो । तर, हलको कुनाबाट एउटा युवाले ढाका टोपी देखाउँदै 'नेपाली टोपी' लगाउने इच्छा प्रकट गरे ।
मैले उनलाई सोधे, 'तपाइँ विभिन्न मुलुकको भ्रमणमा जादा देखीने पूर्वाधार र घरहरुमा लगाइएका रंगलाई कत्ति ख्याल गर्नुहुन्छ ?' जवाफमा उनले भने, 'मलाई न्युयोर्क मोडर्न सहर लाग्छ भने मुम्बई स्टाइलिस लाग्छ तर कलकतालाई म धेरै रंगीन देख्छु ।' आयोजकले जम्मा दुइटा प्रश्न भनेको थियो, फेरि अर्को प्रश्न गैरपत्रकारले सोधे । उनले अरु सामान्य मान्छेससँग जोड्दै किङ खानलाई चिन्ता/दुख पर्छ वा पर्दैन् भन्दा शाहरुखले भने, 'फ्यानलाई खुसी राख्नु आफ्नो उत्तरदायित्व भएको बताउदै आफू पनि सामान्य मानिस सरह खुसी/दुखी हुने गरेको सुनाए ।
दुई प्रश्नसहित १५ मिनेटमा पत्रकार सम्मेलन सकियो । एउटी गैरपत्रकार महिलाले 'म तपाईकी फ्यान हुँ सेल्फी खिच्न चाहन्छु,' भनिन् । उनको रहरलाई नकार्न नसकेर शारुख शुरक्षाघेरा नाघेर फ्लोरमा उत्रिए । तर, सेल्फी खिच्न हम्मे हम्मे पर्‍यो । कुर्चीमाथि बसेकाहरु दौडिदै अगाडि आए । शुरक्षाकर्मीलाई सम्हाल्न गाह्रो भयो । भारतबाट आएका, सादा पोशाकका प्रहरी र निजी शुरक्षाकर्मीले भिडबाट जोगाउँदै खानलाई स्टेजभित्र लगे । पत्रकार सम्मेलन सकियो ।
यो कार्यक्रमपछि उनी दोस्रो हल 'बी' मा गए । त्यहाँ भारत र जापानका दूतसहित थिए, काठमाडौंका बिजनेसम्यान, ब्याङकर, ब्युरोक्र्याट लगायत थिए । कार्यक्रमको नाम थियो 'मिट एन्ड गि्रट' । त्यहाँ उनले बिना बाजा आफ्नो मुभी 'कल हो ना हो' को गीतको थारै हरफ र केही बोले । केही मिनेट त्यहाँ बिताएपछि उनी फेरि पत्रकार सम्मेलन गरिएको हलमा फर्के । त्यहाँ उनले कलर कन्ट्रयाक्टरसँग भलाकुसारी गरे ।
आठ बजे उनी लागे दरबारमार्गस्थित याक एन्ड यति । जहाँ रंग बिक्रि गर्ने ५ सय डिलरका प्रतिनिधि थिए । पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको अभियानबारे घोषणा गरिएपछि उनले करिब ३५ बिक्रेतालाई प्रमाणपत्र दिए । त्यहाँ भारतका पनि करिब १ सय बिक्रेता प्रमाणपत्र लिन आइपुगेका थिए । शाहारुखकै गीतमा नाच्ने टोली पनि भारतबाट आएको थियो । नेपाली नायिका पि्रयंका कार्कीले शाहरुखका पाचँवटा मिक्स गीतमा नृत्य देखाईसकेपछि औपचारिक कार्यक्रम सकियो । डिनरका लागि फ्लोर खुल्यो ।
तर, शाहरुख खाना नखाई रत्नपार्क, भद्रकाली, नयाँ बानेश्वर हुँदै सोमबारै राति विमानस्थल पुगे । हरेक दिन छोरी सुहानालाई आफै स्कुल पुर्‍याउने दुई सन्तानका बुवा किङ खान अाठ घन्टा २२ मिनेटको बसाइँलाई बिट मार्दै राती ११ बजेर ४९ मिनेटमा मुम्बईका लागि उडे ।







Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News