१० बर्षे बालकले स्कुलमा आत्महत्या

१० बर्षे बालकले स्कुलमा आत्महत्या

१० बर्षे बालकले स्कुलमा आत्महत्या


१० वर्षको बालकले न त जीवन नै बुझेको हुन्छ न जगत नै । लाँउ लाँउ र खाउ भन्ने उमेरका बालकले आफै प्राण त्याग गर्ने विषय कल्पना भन्दा बाहिरको हो । यस्तै घटना घट्यो मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका सभासद् बनेका वावुराम पोखरेलकोे भिएस निकेतन स्कूलमा ।
   सुन्दै आङ जिरिङ्गं हुने घटना  हो यो १० वर्षे अभिषेक विकको आत्महत्या  । उनी थिए सिद्धेश्वर उच्च माध्यमिक विद्यालय शान्तिनगरका २ कक्षाका बालक,पढाइमा अब्बल । बारा जिल्ला सपई गाँउ बिकास समिति वडा नम्बर १ स्थायी घर भएका उनका पिता सन्तोष, भि एस निकेतन कलेजमागार्डका रुपमा कार्यरत हुन भने आमा सोही कलेजमा सरसफाई काम गर्दै आइरहेकी थिईन । त्यही कलेजले उपलव्ध गराएको एउटा कोठामा बस्दथे । वारी र पारी छ भिएस निकेतन र सिद्धेश्वर मावि । यही फागुनको दास्रो सोमवार स्कूलबाट फर्किए पछि खाजा खाइवरी सात बर्षको  भाइ र केही साथी सँगै खेलिरहेका थिए । खेल्दा खेल्दै उनी हराए । खेलिरहेको दाजु हराए पछि  सात वर्ष भाइले खोज्ने नै भयो । कोठाको ढोका  ढक्ढकायो । धेरै बेर सम्म ढोका नखुलेपछि उनका पिता सन्तोष र केही साथीहरु मिलेर ढोका खोलेर हेर्दा भित्र बाट चुक्कुल लगाएर  टेवुल माथि २ वटा पिर्का राखेर भित्र राखेर झुण्डिरहेको । अपरान्ह ४ बजेर ४५ मिनेट जादा भि एस निकेतन कलेजमा गार्ड बस्ने कोठामा काठको बलोमा झुण्डिएको अवस्थामा फेला परे ।
     भिएस निकेतन र वानेश्वर प्रहरी वृत्तसँगै जोडिएको छ । त्यहाँको प्रहरीले नजिकैको कान्तिपुर अस्पतालमा पुर्याउदा मृत घोषणा गर्यो ।
  केही समय अगाडि सिद्धेश्वर  माविमा अभिषेकले स्कूलको डे्रस लगाउदा स्विटर नलगाएको भन्दै त्यहीका एक शिक्षकले पिटेका थिए । त्यसको केही दिन पछि सोही स्कूलकी शिक्षिकाले  उनका लागि स्विटरको व्यवस्था गरिदिएकी थिइन् । त्यसपछि अभिषेक नियमित रुपमा बिद्यलाय पनि आईरहेका थिए । उनको आत्महत्याको बारेमा सिद्धेश्वर स्कूल बेखवर थियो । तर, भिएस निकेतनका शिक्षक र कर्मचारीहरु पनि अभिषेकले आत्महत्या गरेको घटनाबाट चिन्तित बने । उनीहरुले देशको खबर सम्बाददातासँग भने –त्यस्तो हुनु नपर्ने घटना भयो ।
अभिभावक तथा विद्यालयले बालबालिकाहरुमा गर्ने ब्यवहारले उनीहरुको मनोविज्ञानमा असर पार्ने गर्छ । बालबालिकाको संसार भन्नु घर परिवार,स्कूल,इन्टरनेट । पहिला–पहिलाका बालबालिकाहरु आफूलाई अग्रजहरुले हप्कायो भने हप्काउनुका कारण खोज्दथे । तर, अहिलेका बच्चाहरु गाली गर्नु भन्दा पहिला नै ठुस्केर बस्छन । यसलाई फाष्ट फुडको प्रभाव मान्दछन वायोलोजिष्टहरु ।
मनोचिकित्सक शर्मिला मर्हजन भन्छिन – बालबालिकाहरुले अग्रजबाट सुन्छन्–मर्न पाए नि हुन्थ्यो नि ।  समस्याको समाधान नै मर्नु रहेछ भन्ने तीनिहरुको दिमागमा  गहिरो छाप पर्दछ र गृहकार्य, साथीसंगीहरुसँगको स्कूलमा हुने प्रतिष्पर्धा सबैबाट उम्कन र मुक्ति पाउन आत्महत्याको बाटो रोज्छन,त्यो जानी जानी होइन अन्जानमा ।

आर्थिक २०७०।०७१ मा १५०  बालक र २६९  बालिका सहित ४१९ वाल बालिकाहरुले आत्महत्या गरेका छन् ।  १२३ बालक र २१२ बालिकाले झुण्डिएर , ५४ बालिका र २८ वालक सहित ८२ जना बालबालिकाले विष सेवनबाट , नदीमा हाम फालेर २ वालिकाले आत्महत्या गरे भने एक बालक र दुई बालिकाले आफैलाई जलाएर प्राण त्याग गरेको प्रहरीको तथ्यांकले देखाउछ ।

नेपाल प्रहरीसँग आत्महत्याको बारेमा झनै अत्यासलाग्दो  तथ्यांक छ ।  आर्थिक वर्ष २०७०। ०७१ मा ४५१३ ले आत्महत्या गरेका छन् । झुण्डिएर आत्महत्या गर्नेको संख्या सबैभन्दा धेरै अर्थात ३०७९ छ ।   दोश्रोमा विष सेवनबाट देह त्याग गर्नेको संख्या १३१६ छ ।  सबैभन्दा धेरै आत्महत्या गर्ने उमेर समूहमा २१ वर्ष देखि ३० वर्ष उमेर समूहका यूवा यूवतिको संख्या  ११३२ छ, यसमध्ये ६४५ यूवती र ४८७ यूवक  हुन ।  तेश्रोमा नदीमा हाम्फालेर देह त्याग गर्नेको संख्या ७० छ । आफैलाई जलाएर आत्महत्या गर्नेको संख्या ३६ र हतियार प्रयोग गरी प्राण फाल्नेहरुको संख्या १२ रहेको छ ।
आत्महत्या गर्ने ६० वर्ष  उमेर माथिका वृद्ध वृद्धाहरुको संख्या ४१७ रहेकोमा २८४ वृद्ध र ११३ वृद्धा रहेको तथ्यांकले देखाउछ । आर्थिक २०७०।०७१ मा १५०  बालक र २६९  बालिका सहित ४१९ वाल बालिकाहरुले आत्महत्या गरेका छन् ।  १२३ बालक र २१२ बालिकाले झुण्डिएर , ५४ बालिका र २८ वालक सहित ८२ जना बालबालिकाले विष सेवनबाट , नदीमा हामफालेर २ वालिकाले आत्महत्या गरे भने एक बालक र दुई बालिकाले आफैलाई जलाएर प्राण त्याग गरेको प्रहरीको तथ्यांकले देखाउछ ।

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News