
हेटाँैडा बजारमा सञ्चालनमा रहेका धेरै मयुरी रिक्सा महिलाहरुले हाँकिरहेका छनविद्युतको माध्यमबाट सञ्चालन हुने मयुरीमा शारिरिक श्रम कम लाग्ने भएकाले मयुरी चलाउनमा महिला आकर्षण बढी भएको महिला चालकहरुले बताएका छन् । शारिरीक श्रम कम लाग्ने र कमाई पनि राम्रो हुने भएकाले मयुरी चलाउन थालेको महिला चालकको भनाई रहेको छ । करीब ४ लाखको लागतमा मयुरी खरीद गरेर चलाउदाँ दैनिक पन्ध्र सय रुपँैया आम्दानी हुने गरेको उनीहरुको भनाई छ । बेरोजगारी समस्याले सताईरहेको अवस्थामा हेटाँैडामा भित्रिएको मयुरीमा महिलासँगै युवा आकर्षणपनि बढेको छ । अधिकाशं मयुरी चालकहरु शिक्षित एवम् युवा रहेका छन् । हेटाँैडा बजारमा करीब २ सयको हाराहारीमा मयुरी संचालनमा छन् ।