विचरा यि नर्स किन शोषणमा परिन त,लौ हेर्नुस

mamata-  डेढ वर्षअघि मनमोहन नर्सिङ कलेज, ठमेलबाट पढाई पूरा गर्दा अनिता कोइरालाको मन खुसीले बेचैन थियो । उनलाई लागेको थियो– सानैदेखि नर्स बनेर बिरामीको सेवासँगै नाम र दाम कमाउँने सपना साकार हुने क्षण नजिकिँदैंछ । उनी राम्रो अंकका साथ स्टाफ नर्स पास भइन् । नर्सिङ काउन्सिलको लाइसेन्सिङ परीक्षा उत्तिर्ण गर्न पनि कठीन भएन । सबै खुड्किला पार गरेपछि जागिरको खुल्ला आकाशमा उड्न कसले रोक्ला भनेजस्तै लाग्थ्यो उनलाई । तर बिडम्बना ! त्यसपछिका दिनहरू उनले कल्पना गरेजस्तो सहज भएनन् । प्रमाणपत्र बोकेर जागिरको खोजीमा धेरै अस्पताल चहारिन्, धेरै अन्तर्वार्ताको सामना गरिन् । तर अस्पतालले जागिर दिएनन् बरु भोलेन्टियर गर्ने अफर गरे । उनलाई लाग्यो– केही समय भोलेन्टियर नगरी जागिर पाउँन मुस्किल छ । लाखौं खर्चसँगै मिहिनेतले आर्जन गरेको सीप र दक्षता उनले भोलिन्टियर भएर खन्याउँन थालिन् । राजधानीको एक अस्पतालमा एक वर्षदेखि भोलेन्टियरको रूपमा उनको सेवा जारी छ, ‘मेवाविनाको सेवा’ को रूपमा । जागिर पाउँने छनक अझै देखिएको छैन् । भोलेन्टियरको रूपमा एक वर्षमा उनले केही व्यवहारिक सीप त सिकिन् तर बेरोजगारी र श्रमशोषणमा बितेको एक वर्ष एक युगजस्तै लाग्दैछ । उनमा निराशाको पहाड चुलिँदो छ भने पेशाप्रति मोह र सम्मान पनि घट्दो ।
-    थापाथलीस्थित प्रसूति गृहमा भोलेन्टियर काम पाउँन सुष्मा शर्मा (नाम परिवर्तन)लेतीन हजार रुपियाँ घुस खुवाउँनु प¥यो । केही अनुभव हाँसिल होला र कतै जागिर पाइएला भन्ने आशामा ६ महिना निःशुल्क सेवा गर्दा पनि कतै संकेत देखिएन । यही समयमा एउटा दैनिक पत्रिकामा आएको ‘स्टाफ नर्स चाहियो’ भन्ने विज्ञापनले उनको ध्यान खिच्यो । उनी प्रसूति गृहमा ६ महिना भोलेन्टियर गरेको अनुभव प्रमाणपात्रसहित अन्तर्वार्तामा उपस्थित भइन् । उनलाई त्यहाँ पनि सुरुमा भोलेन्टियरकै रूपमा काम गर्नुपर्ने प्रस्ताव आयो । बिस्तारै जागिर पाइएला भन्ने आशामा भोलेन्टियर बनेको ७ महिना बितिसकेको छ । राजधानीका ठूला सरकारीदेखि नाम चलेका निजी अस्पतालमा कार्यरत नर्सहरूको कथा यस्तै छ । च्याऊसरी खुलेका नर्सिङ कलेज बेरोजगार नर्स उत्पादन गर्ने केन्द्र बन्दै गएका छन् ।
नर्सिङ पेशाप्रति बढ्दो आकर्षणका कारण कलेजको संख्या बढेपनि त्यसको सही व्यवस्थापन हुन नसक्नु, योग्यताका आधारमा काम नपाउँनु, सरकारी सेवामा पदपूर्ति र नयाँ दरबन्दि सिर्जना हुन नसक्नु, आकर्षक तलब नहुनुजस्ता कारण नर्सहरू आर्थिक तथा मानसिक रूपमा शोषणमा परिरहेका छन् । कतिपय संस्थाले आफँैले उत्पादन गरेका जनशक्तिलाई भोलेन्टियर बनाएर शोषण गरिरहेका छन् ।

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News