सावधान ! password विना नै खुल्न सक्छ फेसबुक....

के तपाइँलाई थाहा छ तपाइँको फेसबुक अकाउण्ट
चलाउनका लागि कतिपय ब्यक्तिलाई पासवर्ड जरुरत
नै पर्दैन । थाहा छैन भनेपनि यो सत्य हो । फेसबुकले
आफ्ना कतिपय कर्मचारीलाई फेसबुक
प्रयोगकर्ताहरुको अकाउण्ट खोल्न पासवर्ड नै आवश्यक
नपर्ने अधिकार दिएको छ ।
प्रविधीसँग सम्बन्धित रिपोर्ट प्रकाशित गर्ने
' भेन्टरबीट ' नामक वेवसाइटका अनुसार फेसबुकले हालै
मात्र आफ्ना कतिपय कर्चारीलाई
प्रयोगकर्ताहरुको फेसबुक अकाउण्ट पासवर्डविना नै
खोल्न सक्ने सुविधा दिएको स्वीकार गरेको हो ।
यद्यपी कुनै
पनि प्रयोगकर्ताको सहयोगका लागि मात्र
यस्तो गर्न सक्ने तर कुनै दुरुपयोग
भएमा कारवाहीको समेत ब्यवस्था रहेको फेसबुकले
स्पष्ट पारेको छ ।
यो नियमको उल्लङ्घन गर्ने जुनसुकै कर्मचारीलाई
तत्काल फेसबुकबाट निश्कासन गरिने समेत फेसबुकले
जनाएको छ ।
फेसबुकले आफ्ना उपल्लो तहका कर्मचारीलाई
प्रयोगकर्ताको फेसबुक खोल्ने अधिकार दिएको तर
यस्तो अधिकार केवल निर्धारित काम
गर्नका लागि मात्र दिइने वेवसाइटले जनाएको छ ।

यो समाचारसंग संबन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस् ।

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News