बनाएकी रेखा थापाले आगामी बर्ष देखि राजनीतिमा सक्रिय भएर लाग्ने बताएकी छिन् । यो बर्ष आफ्ना केही चलचित्रमा काम गर्न बाँकी रहेकाले नयाँ बर्ष देखि राजनीतमा आउने तयारी गरेको र त्यसको अध्ययनमा पनि लागेको बताएकी छिन् । यसअघि नेकपा माओवादीसँग निकट मानीएकी रेखाले एमाओवादी वा अन्य पार्टी भन्ने बारेमा केही खुलाउन चाहिनन् । त्यस विषयमा आफुले गम्भिर भएर सोचेको बताइन् । भन्छ्नि राजनीति नै मुलुकको मेरुदण्ड भएकाले राजनीति भन्दा बाहिर रहेर कुनै काम पनि संभव नहुँदो रहेछ, चाहे त्यो कलाकारीता होस् वा अन्य कर्म ।
अभिनेत्री थापाद्धारा विशेष भुमिकामा अभिनित भनिएको चलचित्र तथास्तुको प्रमोसन कार्यक्रममा भेटीएकी थापाले मिडिया एनपीसँग कुराकानी गर्दै अबका बाँकी बर्षमा आफु राजनीतिक क्रियाकलाप सँगसँगै समाजसेवामा पनि अग्रसर हुने बताइन् । राजनीतिमा आउने कुराको केही छनक भने उनले यसै साता देखि चलाउन सुरु गरेको माइक्रोब्लगिङ साइट ट्वीटरमा पनि जनाएकी थिइन् ।
रेखा फिल्म्स् ह्यान्डल रहेको उनको एकाउन्टमा थापाले आफुलाई युवा राजनीतिज्ञ, सामाजिक कार्यकता, चलचित्र निर्देशक, निर्माता, कथा लेखक र नृत्य निर्देशक भनेर चिनाएकी छिन् । तर नायिका भनेर कतै उल्लेख गरेकी छैनन् । ट्वीटर चलाउन सुरु गरेको एक सातामा नै उनलाई यो समाचार तयार पार्दा सम्म ४८० जनाले पछ्याएका छन् । जसमा उनले ७२ जनालाई पछ्याएकी छिन् भने २८ वटा ट्वीट गरेकी छिन् ।
फेसबुकमा साथीको संख्या ५ हजार नाघेपछि र फेसबुक पेजमा १२ लाख लाइक पुगेपछि रेखा ट्विटरतर्फ लम्किएकी हुन् । उनलाई ट्वीटरमा पुर्व प्रधानमन्त्री बाबुराम भट्राई, चलचित्रकर्मी र संचारकर्मीले फलो गरेका छन् । जसमा उनले पनी नेता, चलचित्रकर्मी र संचारकर्मीलई फलो गरेकी छिन् । ट्वीटरमा नवप्रवेशी रेखाले मौकाको फाइदा उठाउँदै आफ्नो रिलीजको तयारीमा रहेको चलचित्र तथास्तुको प्रचारप्रसार पनि सुरु गरेकी छिन् ।