तिमीलाई माया गर्नु ठुलो भूल ठाने मैले
जून पनि थियो तर झर्ने तारा छानेँ मैले ।
मुस्कुराउदै थिए ओठ अनायसै आंशु झारेँ
संसारसंग लड्छु भन्थे आज तिमीसंग हारेँ
जितेर नि हार्नुपर्छ यही कुरा जानेँ मैले
जून पनि थियो तर झर्ने तारा छानेँ मैले।
प्रतिक्षाको दियो बाल्दै धेरै आँशु पिएँ
लड्न खोज्दा सहारा दिई सम्हालेकै थिए
मन भित्र सजाउदै साचो प्रित लाए मैले
जुन पनि थीयो तर झर्ने तारा छाने मैले।
तिमीलाई माया गर्नु ठुलो भूल ठाने मैले
जून पनि थियो तर झर्ने तारा छानेँ मैले ।।
➭ ➭ ➭ ➭ ➭ ➭
गीतकार: शेर्पिनी कान्छी 'निम'
हाल: इजरायल