वर्ष सन् २०१४ मा स्मार्टफोन उद्योगमा धेरै ब्लकबस्टर प्रडक्टहरु देखा परे
वर्ष सन् २०१४ मा स्मार्टफोन उद्योगमा धेरै ब्लकबस्टर प्रडक्टहरु देखा परे । ती स्मार्टफोनहरु केवल समाचारका विषय मात्र बनेनन् समालोचक तथा प्रयोगकर्ताहरुको समेत रोजाइमा पर्न सफल भए ।
ती सफल प्रडक्ट मात्र होइन, यो वर्ष कतिपय सुपर फ्लप स्मार्टफोन समेत देखा परे जो उपभोक्ताको अपेक्षा पूरा गर्न असफल रहे । सन् २०१४ मा सबैभन्दा बढि असफल बनेका १० मोबाइल यस्ता छन् -
ती सफल प्रडक्ट मात्र होइन, यो वर्ष कतिपय सुपर फ्लप स्मार्टफोन समेत देखा परे जो उपभोक्ताको अपेक्षा पूरा गर्न असफल रहे । सन् २०१४ मा सबैभन्दा बढि असफल बनेका १० मोबाइल यस्ता छन् -
१. अमेजन फायर फोन- स्मार्टफोन जगतमा अमेजनको डेब्यु फोनको रुपमा रहेको फायर फोन प्रविधि उद्योगको इतिहासमै सबैभन्दा ठूलो असफलताको उदाहरण बन्यो । विभिन्न खाले नयाँ फिचर्स तथा सुविधाहरुका बाबजुत पनि यो फोन उपभोक्ताको रोजाइमा पर्न सकेन । यसको असफलताको एक कारणको रुपमा यसको महंगो मूल्य रह्यो । अमेजनले यो फोनको मूल्य ६ सय ५० डलर तोकेको थियो र पछि यसलाई घटाउन बाध्य भयो ।
२. ब्लाकबेरी पासपोर्ट- प्रिमियम तथा उत्पादकत्व केन्दि्रत संचार डिभाइस निर्माताको रुपमा चिनिएको ब्लाकबेरीले ल्याएको नयाँ स्मार्टफोन पासपोर्ट पनि यो वर्षको सुपर फ्लप स्मार्टफोन बन्यो । यसको असफलताको कारकतत्वको रुपमा यसको अनौठो तथा अमिल्दो आकारका साथै महंगो मूल्य रहे । प्रयोगकर्तालाई बानी पार्नै गाह्रो हुने र टाइप गर्न निकै ढिलो हुने अप्ठेरो कि बोर्ड हुनु पनि यो फोनको असफलताको एउटा कारण बन्यो ।
३. एन्ड्रोइन वन- गुगलले एन्ड्रोइड वन स्मार्टफोन ल्याउँदा प्रयोगकर्ताका लागि छलछाम नयाँ स्मार्टफोन अनुभुति दिलाउने उद्धेश्य राखेको थियो । तर अनलाइनबाट मात्र बिक्रि गर्ने मोडेलका साथै यसका साझेदारको निस्किृयता पनि एन्ड्रोइड वनको असफलताको कारक बन्यो । अझ अग्रणी रिटेलर तथा डिलरहरुले यो स्मार्टफोन बेच्न अस्विकार गर्नु पनि गुगलका लागि टाउको दुखाइको विषय बन्यो ।
४. फायरफक्स अपरेटिङ सिस्टमयुक्त फोनहरु- फायरफक्स ओएसले इन्टेक्स, स्पाइस तथा एलकाटेल ब्राण्डेड स्मार्टफोनसँगै भारतमा डेब्यु गरेको थियो । फायरफक्स अपरेटिङ सिस्टमवाला फोनलाई बजारमा सबैभन्दा सस्तो स्मार्टफोन भनिएको थियो । तर यसको हार्डवेयर तथा सफ्टवेयरमै भएको कमजोरीका कारण प्रयोगकर्ता दिक्क बने । त्यसैले यी स्मार्टफोन पनि उपभोक्ताको मन जित्न असफल भए ।