पूर्वेली गाउँलेको नयाँ गीत हाम्रो माझमा आईपुगेको छ

ऐश्वर्य श्रेष्ठ, कोरिया - पुर्वेली गाउँलेको नामले चिनिने ईन्द्रजीत लावतीको बजारमा आउने तयारीमा रहेको "रहर" एल्बमको ’बोलाउन मन लाग्छ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

दक्षिण कोरियाको विभिन्न ठांउमा सुटिंग भएको सो भिडियोमा कोरियामा रहेका उर्जाशील युवाहरुको अभिनय  कला र क्षमताका भरपुर प्रर्दशन भिडियो मार्फत गरेका छन् ।दिपक लिम्बुको सुमधुर आवाजमा रहेको गीत निक्कैं मिठो बनेको छ ।

पुर्वेलीको सरल शब्दले श्रोताको मन सहज जित्न सकिने देखिन्छ । राजशुक्र लिम्बुको संगीत तथा बवी घतानीको संगीत संयोजन रहेको गीतमा कोरियामा कार्यरत रहेका गजेन राई र जिना लिम्बुको निक्कैं राम्रो अभिनय भिडियोमा देख्न पाइन्छ ।

जिना लिम्बुको यो नैं पहिलो म्युजिक भिडियोमा अभिनय भएपनि बजारमा केही म्युजिक भिडियोमा देखापरीसकेकी छिन् भने मोडल गजेन भने सानैं देखिको अभिनय गर्ने सोख यो म्युजिक भिडियोबाट पुरा भएको बताउछन् । गजेनको पहिलो अभिनययात्रा भएपनि आफनो अभिनयकला राम्रोसंग भिडियोमा प्रयोग गरेका छन्

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News