हङकङमा सुष्मा कार्कीको उत्तेजक डान्स
हङकङमा आयोजना भएको एक कार्यक्रममा नायिका सुष्मा कार्कीले कामुक नृत्य प्रस्तुत गरेकी छिन् । भारतीयहरुका लागि लक्षित गरेर आयोजना भएको एक कार्यक्रममा सुष्माले राम्रै रकम पाएको वुझिन्छ ।
‘डानियल इम्पोइमेन्ट एजेन्सी’ले आयोजना गरेको कार्यक्रममा सुष्माले कामुक नृत्य गर्दै माहोल तताएकी थिइन् । एक रेष्टुरेन्टमा आयोजना भएको कार्यक्रममा सुष्माले विभिन्न ५ वटा हिन्दी गीतमा नृत्य गरेकी थिइन् ।
हङकङका पत्रकार विनय शाहले केही महिना अगाडि सुष्मालाई ७० हजारमा आयोजकले कार्यक्रमका लागि बोलाएको जनाएका छन् ।
यसपटक भने सुष्माले राम्रै पैसा पाएपछि दुइवटा फ्ल्याक ओच्छाएको ठाउँमा स्टेज संझेर नृत्य गरेको विनयले बताए । कार्यक्रम जनवरी ९ मा आयोजना भएको थियो ।
तस्बिर : विनय शाहको फेसबुकबाट