सकारात्मक-सोच्ने मात्रै कि बन्ने पनि ? -बिटु केसी बराल -
थिन्क पोजेटिभ, वि पोजेटिभ ! देश परदेशमा पढेलेखेका बुद्धिजीवीहरू यसो भन्ने गर्छन् । भन्नेहरुकै गराइमा नितान्त फरक पाएपछि म मनमनै खिस्स हाँस्छु । जुन हाँसोले नैरास्यतालाई निम्तो दिदैछ भन्ने पनि थाहा हुन्छ । यसो भन्दैमा म आफै खुब सकारात्मक छु भन्न खोजेको पक्कै होइन । सकारात्मक हुन खोज्दा खोज्दै पनि आफैभित्र रहेका नकरात्मकपनलाई स्विकार्छु । तर सकारात्मक हुने निरन्तर प्रयासमा सामेल भने अवश्य छु । पोजेटिभिटी अर्थात् सकारात्मकता यो यस्तो गजबको कुरा रहेछ , जति बढी सकारात्मक उति बढी जीवन सहज । हाम्रा वरिपरिका आफन्त साथिभाइ र अन्य सम्बन्धहरू जसबाट सदैव राम्रैको मात्र अपेक्षा गरिन्छ प्राय उनीहरूबाट नराम्रो व्यवहार भैदिदा हामी बढी निराश बन्दै जान्छौ । नकरात्मकताले निराश बनाउछ र चरम निराशाको स्वरूप आत्महत्या पनि हो जस्तो लाग्छ मलाई ।
आफ्ना ईमोसन्स अर्थात् भावनाहरूलाई नियन्त्रणमा राख्न सकेमा धेरै सहजता मिल्दो रहेछ । जस्तै ससानो कुरामा नरिसाउने , हँसखुस भएर कुरा गर्ने । अरूका नराम्रा कुरा गर्दै नगर्ने राम्रा कुराहरू मात्र गर्ने । अरूका सुख दुखमा सामेल हुने र आफूले सक्दासम्म अफ्ठ्यारोमा परेकालाई सहयोग गर्ने । यो त उदारण मात्रै हो , सकारात्मक हुने धेरै बाटोहरू छन् । मात्र त्यसलाई पछ्याउन सक्नु पर्यो ।
तर कहिलेकाही चिताउदै नचिताएको मानिसहरुबाट अचानक राम्रो व्यवहार प्राप्त हुँदा जीवनलाई हेर्ने द्ष्टिकोण नै सकारात्मकरुपमा तरङगित हुन्छ । दैनिक जीवनमा घट्ने स-साना घटनाले हाम्रो जीवनमा कहिलेकाहि निकै ठुलो प्रभाव पार्छ । यस्तै केही सकारात्मक घटनाहरूको उल्लेख गर्ने प्रयास गर्दैछु । कुरा सामान्य हो तर मानवीयताको खडेरी पर्दै गइरहेको यो दुनियाँमा यस्ता उदारणहरूले सकारात्मक ऊर्जा प्रदान गर्दो रहेछ ।
काममा जान सधैँ झैँ ग्यारेजबाट गाडी निकाले । ल फसाद ! गाडी त पन्चट भएको रहेछ, बनाउन दिने समय थिएन । हतार गर्दै मेट्रो बस चढ्न पुगे । एक डलर पच्चिस सेन्ट्स तिर्नुपर्ने थाहा भए अनुसार ब्याग खोतलेको त २० डलरको नोट मात्र रहेछ । मनमा दुबिधा भएकोले मसँगै बस कुरिरहेको स्प्यानिसलाई सोधे- भित्र बसमा साटिदिन्छ नि ? उसले भन्यो-बसले त साट्दैन ।
मेट्रो बसको सामान्य नियम थाहा नहुनु गल्ती त मेरै थियो । मलाई आपत् पर्यो के गर्ने ? सोचें, जे सुकै होस ड्राइभरलाई अनुरोध गर्नुपर्ला । अर्को कुरा त्यो स्प्यानिसलाई मैले सोधिरहदा बस कुर्ने अर्को भलादमी पनि छेवैमा उभिएको थियो । उसको जिउ मात्रै देखे मैले निलो जिन्स शर्ट र पाइन्ट तर अनुहार हेरेको थिइन । जिउडालको आधारमा अनुमान गर्दा ४५ देखि ५० वर्ष उमेरको हुँदो हो उ । शायद फोनमै व्यस्त थियो क्यारे मेरो ध्यान उसमा गएको थिएन । यत्तिकैमा बस आइहाल्यो , हतारोमा बसभित्र पसेर ड्राइभरलाई खुद्रा पैसाको लागि सोधे । उसले " नो " भनी । अप्ठ्यारोमा परे म । के गरुँ कसो गरुँ हुँदै थियो त्यो निलो जिन्सवाला भलादमीले पछाडिबाट मेरो हातमा एक डलर पच्चिस सेन्ट राखिदियो । आश्चर्य मिश्रित स्वरमा उसको मुख पनि नहेरी हत्तपत्त थ्यांक यू भने । मेरो अनुहार शायद लाजले रातो भएको थियो । उ बसको पछाडिको भागमा बस्न लम्कियो । मेरो स्टप नजिकै हुनाले अगाडिको भागमा बसे । अघि लाजले हेर्न नसकेको त्यो भलादमीलाई मेरो नजरले हेर्न मिल्न सकेसम्म खोजे, अहँ देखिन । उसको अनुहार हेर्ने धोको मनमै रह्यो तर उसको गुनलाई भने जिवनभरी बिर्सन सक्दिन ।
त्यस्तै अर्को एउटा घटना-करिब आठ वर्ष अगिको हो । हुरिकेन रिता नामक आँधीको डरले हामी बराल परिवार ( सम्झना ,राजेन्द्र बराल र हामी बुढाबुढी ) डालसतर्फ सुरक्षित स्थान खोज्न जादै थियौँ । पुरै हुस्टन डालसतिर लागेझै थियो । कमिलाको ताँती झैँ गाडीको लस्कर साह्रै लामो थियो । सर्दै नसर्ने ! एक घण्टामा बल्लबल्ल दश मिनेटको दुरी छिचोलेको थियो हाम्रो गाडीले । नसर्ने गाडी भित्र बसिरहदा श्वास फेर्न गाह्रो भैसकेको थियो । यो लामो लस्करमा फस्ने कि रिता आँधीलाई जीवन सुम्पिने ? यो दुइटा बाटो मात्र थियो तत्कालको परिस्थितिमा । हामीले रिता आँधीप्रति जीवन समर्पण गर्दै घर फर्किने निर्णय गर्यौ । निर्णय मात्रै के गरेथ्यौ अर्को सम्स्या आइपर्यो - गाडीको स्टार्ट नै बन्द भयो बिच बाटोमा । ब्याट्री नै डाउन भएछ । लौ परेन फसाद ! सबै आफ्नो ज्यान जोगाउन अघि बढ्ने क्रममा छन् कसले गर्ने सहयोग हामीलाई ? हामीलाई छोडेर सबै गाडी अगाडि बढ्दै गए । ४० / ५० वटा गाडीलाई मैले अनुरोध गरे - प्लिज हेल्प भन्दै । सुन्ने को ? नसुने झैँ , नदेखे झैँ गर्दै सबै तर्किए । हामी सबैलाई अत्यास लाग्यो , केही उपाय थिएन अब के गर्ने ? हिम्मत नहारी अनुरोध गर्नु बाहेक अरू गर्न सक्ने अवस्थामा थिएनौ । करिब २० मिनेट पछि
एउटा गोरे युवकले मुसुमुसु हाँस्दै हाम्रो छेउमा आएर उसको गाडी रोक्यो । इसाराले गाडीलाई त्यहाँ ( सडकको बिचमा अलिकति अग्लो पारी खालि राखिएको ठाउँ )पार्क गर्ने सङ्केत दियो । उसले भने जस्तै गरेपछि उसको गाडीबाट बम्पर निकालेर हाम्रो गाडीको ब्याट्री चार्ज गरिदियो । दुई मिनेटमै गाडी स्टार्ट भयो । भगवानलाई धेरै पटक सम्झे । उ भगवानकै रूप हो कि जस्तो पनि लाग्यो । भगवान् र उ दुवैलाई हामीले धेरै धेरै धन्यवाद दिदै घर फर्कियौं । आजसम्म पनि यो कुरा सम्झेर अचम्म लाग्छ । त्यो मान्छे कति असल ! मानवताको नाताले उसले गरेको सहयोग अतुलनीय थियो । म जब जब यस्ता घटनाहरू सम्झन्छु , एउटा सकारात्मक मिठोपनले पुलकित हुन्छु । म भित्र अनेकौ पोजेटिभिटी तरङगित हुन्छ । जसले आनन्द दिन्छ र खुसी बनाउँछ । मैले सक्दासम्म अर्काकोलागि सह्योग गर्नुपर्छ भन्ने भावना अझ बुलन्द हुन्छ ।
यस्ता ससाना उदारणहरू धेरै छन् । सहयोगकोलागि यो देशमा पनि थुप्रै संस्थाहरू छन् , चर्चहरू छन् । तर अपराधका किसिम देख्दा आङ सिरिङग गर्छ । दुई डलरकोलागि मान्छे मार्छन यहाँ । आफ्नाहरूले आफ्नो ठाउँमा गरेका सहयोग र सद्भावहरू पनि धेरै छन् । तर यो दुरदेशमा जहाँ वल्लो घर र पल्लो घर एक अर्कालाई चिन्दैनन् त्यहाँ सहयोगी मानिसहरू भेटिनु मेरोलागि अचमम्मको कुरा भयो । यहाँका मानिसहरू बढी स्वार्थी हुन्छन् भन्ने लाग्थ्यो र उनीहरूबाट सहयोग पाइन्छ भन्ने कुरा मेरोलागि अनौठो थियो त्योबेला । तर मेरो नकारात्मक सोचाइ गलत साबित भयो । संसारमा जहाँ पनि राम्रा असल मान्छेहरू हुदारहेछन् ।
आफ्ना र आफन्तले गर्ने सहयोग त छदैछ तर मानव र मानवियताको नाता कति ठुलो हुनेरहेछ । आज आफन्त र आफ्नाहरुबाटै मान्छे पीडित छ । अपरिचितबाट पीडित छ । सहयोग सद्भाव पाउन कठिन छ । दया माया र आदर सम्मान घट्दै गैरहेकोछ । नैतिकता र विश्वासको खडेरी पर्दै गैरहेकोछ । यस्तोमा सानाठुला मानवीय सद्भाव र सहयोगहरू हिलोमा फुल्ने कमलका फुलहरू हुन । दियोमा बलेका धिपधिपे बत्तीहरू हुन् । जसलाई जोगाउन आफै भित्रको मानव मनलाई प्रस्फुटित गर्नुपर्छ । पोजेटिभ छु भनेर मात्र हुदैन , सोचेर मात्र पनि हुदैन । आफ्नै आचरण र व्यवहारलाई त्यस अनुरुप ढाल्न सक्नु