यौन सामाग्री खोज्ने १० प्रतिशत ६० वर्ष सम्मका ।

भएपनि मन बुढो हुँदैन भन्ने उखानै छ । बुढो जिउले साथ नदिएपनि रमाइलो गर्नका लागि मनले माग्न कहाँ छाड्छ र ? यो कुरालाई पुष्टि गरेको छ हालैको एक अध्ययनले ।

 ४० देखि ६० वर्ष उमेर समूहका भारतीय वृद्धवृद्धाहरुमा गरिएको अध्ययनले यो उमेरका मानिसहरुले अश्लील सामाग्रीको अत्यधिक खोजी गर्ने गरेको पाइएको छ । एडल्ट प्रडक्ट सम्बन्धि साइट ब्लिसबास्केट डट कमका अनुसार रोमान्सका लागि एडल्ट सामाग्रीहरुको कुल मागमध्ये ११ प्रतिशत ४० देखि ६० वर्ष उमेरका मानिसहरुबाट आउने गरेको छ ।

 गएको जुलाई देखि डिसेम्बर महिनासम्ममा उक्त साइट समक्ष अनलाइन मार्फत एडल्ट सामाग्रीहरु अर्डर गर्नेहरुमध्ये ११ प्रतिशत उमेर छिप्पिएका तथा वृद्धवृद्धाहरु रहेको पाइएको छ । यो उमेर समूहका मानिसहरुले यौन सम्बन्धका बेला प्रयोग गर्ने मसाज तथा ल्यूब सम्बन्धि उत्पादनको बढि माग गर्ने गरेको पाइएको छ ।

 उक्त वेबसाइटका संस्थापक मयूर मसरानीका अनुसार अब एडल्ट उत्पादन तथा नटी गेम्स केवल युवाहरुको लागि मात्र रहेन । अब पाका मान्छेहरुको समेत विचारमा बदलाव आएको र सोँचको दायरा बदलिएको उनी बताउँछन् । 

चाहे २० वर्षको उमेर होस् वा ६० वर्षको, मानिसहरु आफ्नो सेक्स सम्बन्धि आवश्यकता तथा जिवनका विषयमा निकै सक्रिय बन्न थालेको निष्कर्ष उनको छ
- See more at: http://sarlahiexpressnews.blogspot.com/2015/01/blog-post_28.html#sthash.IOZ8ckzE.dpuf

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News