क्याट्रिना सबैभन्दा सेक्सी

क्याट्रिना सबैभन्दा सेक्सी

Katrina-Kaif-2013-Movies
बलिउड अभिनेत्री क्याट्रिना कैफले ‘सबैभन्दा सेक्सी महिला’को उपाधि पाएकी छन्। यसअघि सबैभन्दा सेक्सी मानिने हलिउड अभिनेत्री एन्जेलिना जोलीलाइ समेत उनले पछि पारेकी छिन् । नेसनल डेलीले आयोजना गरेको युवा सर्वेक्षणका क्रममा क्याट्रिनालाई ३७ प्रतिशत सहभागीले सबैभन्दा सेक्सी मानेका छन् । उनलाई केही समयअघि पनि एक म्यागेजिनले सबैभन्दा सुन्दर महिलाको उपाधि दिएको थियो । यसै वर्ष उनलाई संसारको सबैभन्दा सेक्सी महिलाको रुपमा छनोट समेत गरिएको छ । उनी बलिउडकी यस्ती अभिनेत्री हुन्,जसले कम समयमै यति धेरै विश्वचर्चित उपाधि पाइन् । भारतका आकर्षक व्यक्तित्वको सूचीमा पनि उनको नाम अगाडि छ ।ट्रष्ट रिसर्च एड्भाइजरीले गरेको सर्भेक्षणअनुसार क्याट्रिना शाहरुख खान,अमिताभ बच्चन,महेन्द्र सिंह धोनी,आमिर खानजस्ता हस्तीसँगै छैटौं नम्बरमा छिन्, आजको नयाँ पत्रिका दैनिकमा खबर छ । 

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News