कट्रिनाको हातमा देखियो इंगेजमेन्ट औंठी
केही दिन यता कट्रिना कैफ र रणवीर कपुरले लण्डनमा इंगेजमेन्ट गरेको चर्चा ब्यापक छ । तर, कैट र रणवीर मात्र हैन उनीहरुका परिवार र साथीहरुसमेत यो बिषयमा मौन छन् ।
यतिबेला भारतीय संचारमाध्यम भने कटि्रनाको औंठीको खोजीमा छन् । कतै उनले लगाएको औंठी देखिन्छ की भनेर फोटो पत्रकारहरु तस्वीर खिच्न पछ्याइरहेका छन् ।
फराह खानको पार्टीमा कट्रिनाले आफ्ना हात पाइन्टको गोजीमा लुकाउँदै भित्र छिरेपछि उनले औंठी लुकाउन खोजेको अनुमान गरियो ।
तर, गत शुक्रबार मुम्बईमा आयोजित उमंग कार्यक्रममा कट्रिनाको हात ठूलो आकारको औंठी देखिएको छ । अहिले प्रश्न उठेको छ के यो औंठी रणवीरले इंगेजमेन्टका बेला लगाइदिएको हो त ?

बलिउड यतिबेला कट्रिनाको हातमा देखिएको ठूलो आकारको औंठी इंगेजमेन्ट रिङ हो कि हैन भन्ने बहसमा उत्रिएको छ । तर, दुनियाँले जे-जे भनेपनि यो जोडी मुख खोल्ने मुडमा देखिन्न ।