"तथास्तु" को अगाडी पानि पनि माग्न पाएँन अरुले / हाउसफुलको कारोबार गर्दै "तथास्तु"
गत शुक्रबारबाट देशैभर प्रदर्शनमा आएको नायिका रेखा थापा अभिनित चलचित्र "तथास्तु" हाल देशै भरका बिभिन्न सिनेमा घरहरुमा भव्यताका साथ् प्रदर्शन भई रहेको छ । प्रदर्शनमा आएको दिन शुक्रबार नै अन्य चलचित्रलाई बिस्थापित गर्दै हाउसफुलको कारोबार गरेको यस चलचित्रको अगाडी आर्यनको पनि दम लागेन । आर्यन अभिनित चलचित्रले ब्यापार गरिरहेको छ । यद्धपि रेखा थापा स्टारकास्ट चलचित्र "तथास्तु" ले भने दर्शको राम्रो साथ् पाईरहेको छ ।
देशका बिभिन्न स्थानहरु बाट प्राप्त रिपोर्ट अनुसार चलचित्रले राम्रो दर्शक बटुलेको बताईएको छ । अहिले नायिका रेखा थापा अभिनित चलचित्र ‘तथास्तु’ कै कुरा अगाडी आउँछ यो चलचित्रले शुक्रबार अन्य चलचित्रको तुलनामा र व्यापारको हिसाबले पनि अन्य दुई ठुला चलचित्रहरुलाई पछाडी पारेको छ । पौष २५ को शुक्रबार नेपाली चलचित्रकर्मिहरुले पनि काटेको अन्दाज लगभग फेल खाएको छ भन्दा पनि फरक नपर्ला तिन फरक कथाका चलचित्र प्रदर्शनमा आउँदा कसले दर्सक बटुल्ला त भन्ने प्रश्न अगाडी थियो र अब प्रशनको जबाफ आएको छ रेखा थापा अभिनित र निर्देशक शबिर श्रेष्ठ निर्देशित चलचित्र ‘तथास्तु’ अगाडी छ ।
प्रदर्शनको पहिलो दिन प्रदर्शनमा आएका दुई चलचित्रहरु भन्दा रेखाको ‘तथास्तु’ हेर्ने दर्शकको संख्या माथि रहेको हलवाला तथा वितरकले जानकारी दिएका छन् । काठमाण्डू वितरक गोपाल कायस्थले चलचित्र ‘तथास्तु’ ले राजधानीका थुपै्र हलमा हाउसफूलको व्यापार गरेको दाबी गरे । वितरक कायस्थले भने, ‘तीन चलचित्र प्रदर्शनमा आउँदा पनि ‘तथास्तु’ ले जुन व्यापार गरेको छ यसलाई ‘सुपर’ नै मान्नुपर्छ । हाम्रो चलचित्र हेर्न अन्य चलचित्रका भन्दा दर्शक संख्या दोब्बर छ । जाडोको शुक्रबार जति दर्शक चलचित्र हेर्न आए, यसमा हामी खुसी हुनुपर्छ ।’ वितरक कायस्थका अनुसार ‘तथास्तु’ को गोपिकृष्ण, अष्टनारायण, गुण, गंगा र पुषाञ्जली लगायतका हलमा झन्डै शतप्रतिशत अकुपेन्सी छ । अर्को भन्न लाज लाग्दो कुरा राजधानीका केहि मुख्य सिनेमा घरहरुमा त आभाष र अलबिदा मा दर्शक नआउँदा चलचित्र "तथास्तु" लगाईएको थियो । त्यस्तै मोफसलमा पनि सबिर श्रेष्ठ निर्देशित चलचित्र ‘तथास्तु’ ले सुखद् सुरुवाती व्यापार गर्न सफल भएको वितरक नरेन्द्र महर्जनले बताए । उनले भने, ‘हिन्दी चलचित्र तेवरको भन्दा पनि ‘तथास्तु’ को व्यापार माथि छ । हामी यसमै खुसी छौं ।’