गाङ्नाम स्टाइलले दियो युट्युबलाई चुनौती

गाङ्नाम स्टाइलले दियो युट्युबलाई चुनौती

दक्षिण कोरियाली र्‍यापर गायक साईको म्युजिक भिडियो ‘गाङ्नाम स्टाइल…’ अब संसारकै संगीतप्रेमीहरूले सायदै बिसिर्ने छन् । यो म्युजिक भिडियोको चर्चा र भ्युअरको संख्या हरेक क्षण्ा, हरेक पल वृद्धि भइरहेको छ । संसारमै सबैभन्दा धेरैपटक हेरिएको म्युजिक भिडियो त हो नै तर यो भिडियो युट्युबमा यति धेरै हेरियो कि जसका कारण युट्युबले काउन्टर क्षमतामा नै थप विकास गर्नुपर्‍यो ।
हालसम्म युट्युबको भ्युअर गन्ने क्षमता २ अर्ब १४ करोड ७४ लाख ८३ हजार ६ सय ४७ मात्र थियो तर बुधबार बिहान कोरियन समयअनुसार पौने ११ मा यसको भ्युअर २ अर्ब १५ करोड २० लाख नाघे । यसपछि युट्युबलाई समस्या भयो र उसले गुगलको सहयोगमा काउन्टर क्षमता बिहीबारै विस्तार गर्नुपर्‍यो ।
gangnamstyle
‘हामीले कहिल्यै सोचेका थिएनौं कि कुनै एउटा भिडियो ३२ बिट इन्टिगर (२ अर्ब १४ करोड ७४ लाख ८३ हजार ६ सय ४७ पटक) भन्दा बढी हेरिन्छ भनेर । तर, यो कुरा हामीले ‘साई’ लाई भेट्नुभन्दा अघिको थियो । ‘गाङ्नाम स्टाइल’ यति धैरैपटक हेरिएको छ कि हामी नै ६४ बिट इन्टिगर (९,२२३,३७२,०३६,८५४,७७५,८०८) अपडेट भएका छौं ।’ काउन्ट असफल भएपछि युट्युबले आफ्नो गुगल पेजमा बुधबार यस्तो लेखेको छ । ‘गाङ्नाम स्टाइल…’ २०१२ को जुलाई १५ मा रिलिज भएको थियो ।
यो म्युजिक भिडियो १ सय ६१ दिनमा १ अर्बले हेरेका थिए भने गत मे महिनामा २ अर्ब नाघेको थियो । बिहिबार साँझसम्ममा यो म्युजिक भिडियोको भ्युअर २ अर्ब १५ करोड ४८ लाख ३ हजारभन्दा बढी पुगेको छ । त्यस्तै, ८७ लाखभन्दा बढी लाइक र ११ लाखभन्दा बढी डिसलाइक गरिएका छन् भने ५२ लाखभन्दा बढी प्रतिक्रियाहरू लेखिएका छन् ।
भिडियो हेर्नुस:

यही म्युजिक भिडियोमार्फत् साईले नाम र दाम मात्र होइन, दर्जनौं विश्व कीर्तिमान कायम गरेका छन् ।कान्तिपुर

    Like And follow For Nepal America.com ( Don't Miss )

    Arts,entertainment and News