सरकारी सेविका परिशिक्षण गरेकीले अब ता म सरकारी कर्मचारी नै बन्छु । - मेर्सी राई

मेर्सी राई

धेरैले भन्छन्-आजको जुगमा छोरालेभन्दा छोरीले गरेर देखाउँछीन् । छोरीले गहन जिम्मेवारी बोध गर्छिन । आफ्नो पारिवारिक पृष्ठभूमि,अबस्था र अनूलतालाई भित्री हृदयले र मास्तिष्कले मनन गरेर आफ्नो दायित्व हरहमेशा पूरा गर्न अनाबरत रहन्छिन । छोरी छोराभन्दा बढ्ता जिम्मेवार,नैतिक,उत्तरदायी र संघर्षरत हुन्छिन् आदि आदि । वास्तवमा यी कुराहरु तेसै भनिएका होइनन् । यस्का अघिरपछि छोरीले गरेर देखाएकी अनेकन उदाहरणहरु छन् । त्यस्तै भारत, दार्जीलिङकी एकजना नेपालीभाषी छोरीले ति असल कर्महरु गरेर देखाई रहेकी छिन् । उनी पेसाले नर्स हुन् । चित्रकारितामा उत्तिकै पोख्त छिन् । बिशेषत Pencil Art बनाउँछिन् उनी । साहित्य-संगीत क्षेत्रमा पनि गहिरो चासो राख्छिन् । क्यान्सर रोगबाट आजभन्दा ५ बर्षअघि उनको बुबाको निधन भएपछि उनको काँधमा आएको पारिवारिक जिम्मेवारी पुरा गर्न उनी जागीरको समयपश्चात सागसब्जीको खुद्रा व्यापार पनि कत्ति धक नमानी गर्छिन । प्रस्तुत छ-उनै युवती छोरी मेर्सी राईसँग बगैंचा डटकमका प्रतिनिधि बज्रकुमार थुलुङ राईले गर्नु भएको बार्तालाप ।


१.  तपाईको जन्म  कहिले र कहाँ भएको हो ? आमा-बुबा नि ?
8  मेरो जन्म १४ जनवरी १९९० दार्जेलिङमा आमा रत्न कुमारी राई र बुबा स्वर्गीय कमल राईको कोखबाट भएको हो । मेरो बुबाको २७ नोभेम्बर २०१० मा क्यान्सर रोगको कारणबाट मृत्यु भयो ।
२. आजकल के गर्दै हुनुहुन्छ ?
8 हालै दार्जीलिङ जिल्ला अस्पतालबाट सेविका परिशिक्षण (GNM Nursing) सम्मको अधययन सिध्याएर यहाँकै DDMA Hospital मा as a staff nurse कार्यरत छु । यस्कासाथै चित्रकारितातिर पनि ध्यान दिई रहेकी छु ।
      यसबाहेक बुबाको निधन पश्चात परिवारप्रतिको गहन जिम्मेवारी ममाथि आई लागेकोले साँझ, बिहान तरकारीको खुद्रा व्यापार पनि गर्छु ।
३.  तपाईका लागि पढाई महत्वपूर्ण कि चित्रकारिता ? किन ?
8  पढ़ाई र चित्रकारितालाई म समानरुपले हेर्छु । तापनि चित्रकारितालाई म अलिक बढी प्राथमिकता दिने गर्छु । साहित्य-संगीतमा पनि मेरो बिशेष रुची छ ।
४. चित्रकारितामा कहिले र कसरी लाग्नु भोरु यो क्षेत्रमा लागेर अहिलेसम्म के के गर्नु भो ? मतलव के कस्ता उपलब्धिहरु हासिल गर्नु भो ? 
8  एकक्षण पनि समय मिलेमा म चित्र कोर्ने गर्छु । एउटा कथावस्तु अनि एउटा भावनालाई एउटा शब्द पान्नामा पेन्सिलद्वारा संगाली उतार्न सक्ने कला मैले सानैबाट सीकेकी हुँ । यस्तो गर्नमा म खुब मस्तिले रमाउँछु । यही रोमान्चकतालाई नै म उपलब्धिको सर्बोपरी ठान्छु । मइले यस क्षेत्रबाट केही पुरस्कारहरु प्राप्त गर्न सकें । त्यस्तो ठूलो खास केही छैन । तर म सधैं प्रयासरत छु ।
५.  भविष्यमा के बन्ने ईच्छा छ ? किन ?
8  सरकारी सेविका परिशिक्षण गरेकीले अब ता म सरकारी कर्मचारी नै बन्छु । तर भविष्यमा म Artist बन्ने पनि ईच्छा छ  । अनि कोशिश पनि तेस्तै गरी रहेकी छु ।
६.  मैले तपाईका आर्टहरु फेसबुकमै देखेर तपाईलाई चिनें भनेपछि फेसबुकमा सर्जकले आफ्ना श्रृजनाहरु राख्दा राम्रो हुने  हो ? फेसबुकबाट के कस्ता सजिलो, अप्ठ्यारो महशुस गर्नु भाछ ?
8  facebook एउटा social networking site भएको हुनाले मो मेरो आफ्नो चित्रहरु facebook मै upload गर्ने गर्छु । धेरैधेरै प्रतिक्रिया अनि सुझाबहरु पाउने पनि गर्छु । खुशी लाग्छ ।  अनि  facebook बाट मइले केही अपठ्यारो महशुश गरेकी छैन । तर कहिले काहिं अनजान व्यक्तिबाट केही बेकारका sms हरु आउँदा चाहिं क्रोधित हुने गर्छु ।
७.  अन्त्यमा तपाईको केही छ किरुवा चित्रकारितामा लाग्नेहरुलाई के भन्नु हुन्छ ?
8  अन्त्यमा म यही भन्न चाहन्छु कि यहाँहरुलाई जसलाई जसलाई चित्रकारितामा रुची छ, आफ्नो कलालाई हरतरहले अगाडी बढाउँदै जानुहोस् । निरन्तरता दिनु होस् । एकदिन अवश्य सफलताको शिखर चुम्नु हुनेछ । चित्रकारितामा डुब्नु जस्तो मज़्ज़ा र आनन्द अरु केही थोकमा छैन जस्तो लाग्छ मलाई ।

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News