कल्पना


समयसापेक्ष भनौं या उमरेको फक्राइले- ठूल्ठूला हस्ती हुन् वा स-साना कलिला उमेरका युवकको मस्तिष्कलाई पे्रमाकषर्णले अनायासै कति सताइदिन्छ भन्ने कुरा सायद शरद र रमा दुवैलाई थाहा थिएन । सहरिया शरद दरबार हाइस्कुल पढेर एसएलसी बोर्डमा उच्च दसमध्ये परेकाले र रमाले पनि बालखैदेखि पोखराको राम्रो बोर्डिङ स्कुलमा पढेर एसएलसीमा पाँचौं स्थान प्राप्त गरेकी हुनाले दुवैले इन्जिनियरिङ क्याम्पस पुलचोकमा पढ्ने मौका पाएका थिए । रमा पहाडिया केटी भए पनि चट्ट मिलेको शरीर, गोलो र हँसिलो अनुहार, नहाँसी नबोल्ने साहै्र राम्री थिई ।

समयले दुवैलाई एकैदिन एकै समयमा क्याम्पसमा र्फम भर्न ल्याइपुर्‍यायो । दुबलै दुबैको अनुहारमा एकटक हेरे, मानौं- उनीहरु पूर्वपरिचित थिए । तर, क्याम्पस हाताभित्र उनीहरूले आवाज मिसाउन सकेनन्, केबल कल्पनामात्र गरे । यसरी अनायासै उनीहरूले क्याम्पस प्रवेशको पहिलो दिनमै अनौठो अनुभूतिको सामना गर्नुपर्‍यो । 

समय चल्दै गयो । त्यसपछिका दिनमा प्रायः भेट हुँदा र समीपमा जोडिएर उठ्दा-बस्दा एकले अर्काको अंगमा परस्पर हुने संसर्गले त झन् दुवैमा अनौठो तरंग ल्याउँथ्यो । तर, सामाजिक प्राणी भएकाले हुनसक्छ- दुवै लजाउँथे । मनका कुरा मनमै हुन्थे । उनीहरुमा सामान्य परिचय पनि भएको थिएन । तैपनि शारीरिक घर्षणको अनुभूति अभ्यास गर्ने तिर्खामा निर्लिप्त हुन्थे उनीहरु । र, विस्तारै उनीहरु परिचयको संघारमा उक्लिए ।
सुरु-सुरुमा दुबैलैे आ-आˆना विगतलाई कथा बनाउँदै सुनाउन थाले । भलाकुसारीको क्रमले गति लियो । मानवीय बागमा दुवै फक्रिएका कोपिला भएकाले सुगन्धित वासनाले उनीहरुलाई मोहित बनाउँदै लग्यो । र, शरदले रमालाई प्रस्ताव राख्यो । समयले कामवासनाको अनुरोध पसारेकैले हुनसक्छ- रमाले मौनस्वीकृति जनाई । लामो कुराकानीपछि भोलि भेट्ने वाचासहित दुवै छुट्टएिर आ-आˆना बासस्थानतिर लागे ।

जतिसुकै हाँसेर छुट्टएि पनि मन भने रमा र शरद दुवैको साहै्र भारी भइसकेको थियो । तिनै कुराले दिमागमा उथल-पुथल मच्चाउन थाले । शरदलाई बाटाभरि पनि रमाको सामीप्यता साथै रहेको भान हुन्थ्यो । अघिपछिभन्दा आज ऊ घर अलि ढिलो पुग्यो र पलङमा पल्टियो । रमासितका प्रत्येक सम्वालले उसको मनमा काउकुती लगाइरहे । सपनामा रमा हाँस्दै आइपुगी र नजिकै आएर बसी । 

"शरद, म तिमीसित लामो कुराकानी गर्न चाहन्छु ... ।" कति-कतिखेर रमाको हात आˆनो शरीरमा स्पर्श भएको अनुभव हुन्छ उसलाई । सिरानीलाई अँगालोमा बाँध्छ । लाग्छ- रमा ऊसँग खेलिरहेकी छ । बर्बराउँछ... "हाय मेरी प्या...री ! म तिमीलाई भेटेदेखि नै असाध्यै माया गर्छु । मेरो आँखा र चालबाट पनि त तिमीले जान्नुपर्ने हो नि, हैन र ? रमा ... ।" सपनामा रमाउँदै गर्दा आमाले खाना तयार भएको सूचना दिइन् । शरदको स्वप्नमहल भताभुंग भयो । झोक्राएको देखेर आमाले सोधिन्, "के भयो छोरा तँलाई ? सञ्चो छैन ?" एकछिनसम्म शरद केही बोल्दैन । आमाले फेरि सोधिन्, "हैन के हो ? सञ्चो नभए मलाई सञ्चो छैन, यस्तो भा’छ पो भन्नुपर्छ, किन झोक्राएको ?" ऊ झल्याँस्स भयो र भन्यो, "हैन के मम्मी, मलाई केही पनि भा’छैन ... ।" 

सबैजना खानपिन गरेर सुत्न गए । शरद पनि पलङमा गएर पल्टियो तर उसलाई रमाले सताइरही । मनमा अनेक कल्पना साँच्यो । 
उता, रमालाई पनि चैन थिएन । शरदसँग छुट्टएिर फर्किंदा उसको मनमा पनि अनेक कल्पना आए । बुबाको अफिस अलि टाढा थियो । त्यसदिन हड्ताल भएकाले बस, टेम्पो कुनै सवारी साधन चलेका थिएनन् । त्यही भएर बुवा पनि कोठामा पुगिसकेका थिएनन् । रमाकी आमा पनि भान्साको काममा व्यस्त थिइन्, त्यसैले ऊ कोठामा एक्लै थिई । उसलाई शरदले आँखा गाडेर हेरेको याद आयो । शरद अति राम्रो, सुन्दर, मिलेको शरीर, सेतो सर्टमा कालो पाइन्ट अनि घाँटीमा रातो फूलबुट्टे टाई ..... हेर्दै खाइलाग्दो र लोभलाग्दो थियो ऊ । कुनै पनि युवतीलाई सोच्न बाध्य पार्ने व्यक्तित्वको थियो शरद । त्यही भएर हुनसक्छ- रमालाई पनि चैन छैन यतिखेर । घरिघरी उसैको सम्झनाले मात्र सताइरहृयो रमालाई । कसैलाई केही नभनी एक्लै बसी घोसेमुन्टो लाएर सोच्दै थिई । बुवा आइपुगेको समेत उसले पत्तो पाइन । आमाले खाना खान बोलाएपछि ऊ पनि शरदझैं झसंग भई । भान्सामा जे पकाए पनि साहै्र मीठो मानरे खाने रमालाई आज दाल, तरकारी, अचार केहीको पनि स्वाद थाहा भएन र खाना पनि मीठो लागेन । बलजˆती अलिकति खाएर उठी । छोरीले खाना नखाएको देखेर आमाले सोधिन्, "किन खाना पेटभरि खाइनौ छोरी ? सञ्चो छैन ?" रमाले ढाँट्दै भनी, "अँ मम्मी ! त्यस्तो त हैन, अलिअलि टाउको दुखेको छ ... । म आराम गर्छु है... !" आमाले 'हुन्छ'को जनाउ दिएपछि ऊ कोठातिर लागी ।

निन्द्रा कोसौं पर थियो । मनमा भएको छटपटीले उसलाई भित्रभित्रै काउकुती लगाइरहृयो । पलङको तन्नाले पनि कता-कता जिस्काएझैं भयो । सिरानीलाई अँगालो हालेर मुस्कुराई । अनेक खालका चित्र आए मनमा । अनेक खालका अनुभूति सँगाली उसले । यही क्रममा कतिखेर आँखा लागेछन् । कतिखेर शरद उसको काखमा आइपुगेछ । दुवै जिस्किए, जिस्काए, काउकुती लगाए । कतिखरे दुवैका अधर जोडिए, आँखा रसाए- उसले पत्तो पाइन । शरदका हात उसका प्रत्येक अंगमा सल्बलाए । रमाले पनि शरदका सबै अंग प्रत्यंग मुसारी । सबै नशा-नशामा जोडले रक्तसञ्चार भयो । उसको सास फुल्यो । शरदको सास पनि उस्तै रˆतारमा थियो । कतिखेर शरदलाई आफूभित्र अनारीमा प्रवेश गरेको देखी रमाले । उन्माद र उत्तेजना चढ्दै थियो, रमा चिच्याउँदै थिई । शरदले गरेका प्रत्येक चुम्बनमा ऊ संसार देख्थी र झन् जोडले चिच्याउँथी ।
"रमा.... रमा..... छोरी, के भयो ? किन चिच्याएको ?" आमाको जोडको आवाजले रमा झसंग भई । यताउती हेरी, कोही थिएन । शरद सिरानी बनेर पल्टिएको थियो । 

"केही हैन आमा, सपना देखेछु, तपाईं सुत्नुस् ।"

ट्वाइलेट गएर उसले आˆनो स्वास्नीमान्छे हेरी- लपक्कै भिजेको थियो । अनौठो अनुभूतिले ऊ दंग थिई । छक्क पर्दै हातले छामी- चिप्लो चिप्लो.... । उसलाई झन धेरै काउकुती लाग्यो । 

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News