कोरियामा इन्दिरा जोशी लगायत कलाकारहरुले डान्स कन्सर्ट तताए


दक्षिण कोरियाको नंया बर्ष सालनालको चिसो मौसममा संचालन गरिएको २ दिने नेपाली डान्स कन्सर्ट धमाकामा गायिका इन्दिरा जोशी लगायत अन्य कलाकारहरुको नेपालीहरु दर्शकहरुलाइ तताएका छन् l



सउलमा फेब्रुअरी १८  ,१९  तारिक सलनालको  दिन  निकै चिसो मौसममा   दापसिप्नीको मुहाक्संग नाइट क्लबमा तथा दोश्रो दिन उल्जिरो ओगा स्थित न्यु छोन्जी होटलमा   भएको डान्स कन्सर्ट धमाकामा गायिका इन्दिरा जोशीले नेपाली दर्शकहरुलाइ कम्मर मर्काइ  मर्काइ नचाएका थिए l स्टेजमा गीत गाउँनुका साथै कम्मर मर्काउन पनि  निकै खप्पिस गायिका  इन्दिरा जोशीले डान्स कन्सर्ट धमाकामा सकिरा स्टाइलमा डान्स गर्दै नेपाली दर्शकहरुलाइ निकै उत्तेजक  बनाएका थिए    l   उत्तेजक दर्शकहरु पनि वान्स मोर भन्दै उफ्रेका थिए  l  गायिका जोशीले उघ्रेको चोली छ ,रातो घाँघर लगायत करिब आधा दर्जन गित  गएका थिए l नेपाली डान्स कन्सर्ट धमाकामा नेपालको पहिलो रयाप गायक गिरीश खतिवडाले पनि मलाई भोट देउ लगायत आफ्ना चर्चित गितहरु गाएका थिए l

पहिलो पटक कोरियामा आफ्नो प्रस्तुति देखाउन आएका  मिस राजधानी २०१० पविना राईले नेपाली गित माइतीघर, हिन्दि गित कमली कमलीमा सेक्सी डान्स गर्दा दर्शक झुमिएका थिए l  नेपालमा म्युजिक भिडियो ,बिज्ञापनमा अभिनय , मोडलिङ तथा विभिन्न फेसन शोहरुमा आफ्नो  प्रतिभाहरु प्रस्तुत गर्दै आएका पविना राईले नेपालको कन्सर्ट र कोरियाको कन्सर्टमा धेरै फरक रहेको नमस्ते नेपाल कोरिया डट कमलाइ  बताइन l   त्यसै गरि नेपाली डान्स कन्सर्ट धमाकामा डिजे शिशिरले बिभिन्न संगीतमा  करिब ५  सय सहभागी नेपालीहरुलाइ बिभिन्न संगीतमा नचाएका थिए l  बेलुकी १०  बजेबाट शुरु भएको डान्स धमाकामा बिहान झन्डै ५ बजेसम्म कलाकारहरुले भिन्न भिन्न प्रस्तुतिहरु दिएर दर्शकहरुलाई झुमाएका थिए l कार्यक्रम तथा कलाकारहरुलाइ सेभ नेपाल फुटबल फाउन्डेसनका अध्यक्ष  टेण्डी शेर्पाले व्यस्थापन गरेका थिए l 

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News