'जोर्डनमा दुई जिहादीलाई फाँसी'

जोर्डनले दुई जना जिहादी बन्दीहरुलाई बुधबार फाँसी दिएको छ।
इस्मालिक स्टेट आइएसले आफ्ना पाइलट मुआथ अल कससबेको हत्या गरेपछि त्यसको प्रतिक्रिया स्वरुप जोर्डनले पछिल्लो कदम चालेको हो।
ती पाइलटका बाबुले पनि जोर्डन सरकारसंग थप बदला लिन आह्वान गरेका छन्।
जोर्डनले फांसी दिएका जिहादीहरुमा एकजना, आइएसले रिहाइको माग गरेकी महिला पनि छिन्।

आक्रोश

इराकी महिला जिहादी सजिदा अल रिसवीलाई रिहा गरे जोर्डनी पाइलटलाई मुक्त गर्ने आइएसले बताउंदै आएको थियो।
तर ती पाइलटलाई जिउंदै जलाइएको भिडियो सार्वजनिक भएपछि जोर्डनमा आक्रोश फैलिएको छ।
जोर्डन सरकारले ती महिलासहित अर्का एक जना जिहादीलाई पनि फांसी दिएको छ।
तर कससबेका बाबुले आफ्नो छोराको हत्याको बदला त्यतिले मात्रै नपुग्ने बताएका छन्।
उनले थप बदला लिन जोर्डन सरकारलाई आह्वान गरेका छन्।
कससबेलाई एउटा अभियानका क्रममा गत डिसेम्बमा आइएसले नियन्त्रणमा लिएको थियो।

चेतावनी

जोर्डनी सशस्त्र फौजका एक जना प्रवक्ताले कससबेलाई शहीद भन्दै जोर्डनीहरुले भोग्नुपरेको क्षति जतिकै ठूलो बदला पनि लिइने चेतावनी दिए।
पछिल्लो घटनासंगै जोर्डनका राजा अब्दुल्लाह द्धितीय अमेरिका भ्रमण छोट्याएर स्वदेश फर्किएका छन्।
अमेरिका छाड्नुअघि उनले कससबेलाई नायकको संज्ञा दिदैं यो अप्ठ्यारो घडीमा जोर्डन एकतावद्ध हुनुपर्ने बताए।
जोर्डनको मुख्य विमानस्थल उत्रंदा हजारौ मानिसले राजा अब्दुल्लाह, मारिएका पाइलट र देशको झण्डै फहराउंदै स्वागत गरेका थिए।
आइएसविरुद्धको अमेरिकी हवाइ कारवाहीमा सघाइरहेका चार अरब मुलुकमध्ये जोर्डन पनि एक हो।

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News