बाँदरलाई वेटरको जागिर
जापानको राजधानी टोकियोमा यस्तो रेष्टुरेन्छ छ,जहाँ वेटरहरु मानिसमात्रै छैनन्,बाँदर पनि छन् । टोकियोस्थिती काबुकी रेष्टुरेन्टमा रहेका दुईवटा बाँदरले ग्राहकसम्म खाना लैजाने काम गर्छन् । येट चेन र फुकु चेन नामका दुईवटा बाँदरले ग्राहकलाई मेनु लगेर दिने र अर्डर लिने काम पनि गर्छन् ।
यी बाँदरहरु सन् २००८ देखि उक्त रेस्टुरेन्टमा काम गरिरहेका छन् । येट ठूलो छ भने फुकु सानो छ । रेस्टुरेन्टमा कुनै ग्राहक प्रवेश गर्नेवित्तिकै एउटाले कुर्सीसम्म लैजान्छ भने अर्कोले हात पुछ्ने तौलिया लिएर आउँछ । त्यसपछि एउटाले अर्डर लिन्छ भने अर्कोले खाना ल्याउँछ, आजको नयाँ पत्रिका दैनिकमा खबर छ । **