‘भ्यालेन्टाइन रनवे रोमान्स’ मा ‘अझै पनि’ ।

निबार भ्यालेन्टाइन डे का दिन कायरा बुटिकले आयोजना गरेको ‘भ्यालेन्टाइन रनवे रोमान्स’ मा फिल्म ‘अझै पनि’ सहभागी भएको छ । कार्यक्रममा फिल्मका नायक नायिकाले क्याटवाक समेत गरे ।Sudarshan-Thapa-&-Pooja-Sharmaफिल्मका नायक सुदर्शन थापा र नायिका पुजा शर्मा तथा नायक पुष्प खड्का र नायिका सुरक्षा पन्तले क्याटवाक गरेका थिए । त्यस्तै नायक सुदर्शन सँग निर्मात्री पुनम गौतमले पनि क्याटवाक गरिन ।
फिल्मको रिलिज मिति नजिकिदै गर्दा आफुहरु निकै उत्साहित भएको उनीहरुको भनाई थियो । उनीहरुले नेपाली समाजभित्रकै घट्ना भएकाले फिल्मलाई सबैले साथ दिन आग्रह गरे ।
दिवंगत निर्देशक आलोक नेम्वाङ निर्देशित फिल्म फाल्गुन १५ गतेबाट अलनेपाल रिलिज हुदैछ । फिल्म सुदर्शन थापा र पुनम गौतम मिलेर निर्माण गरेका हुन ।surakshya-panta-&-puspa-khadka‘भ्यालेण्टाइन रनवे रोमाञ्स’मा चलचित्र क्षेत्रका केही चर्चित जोडीहरुले क्याटवाक गरे । नायिका झरना थापा र निर्माता सुनिल कुमार थापा, नायक मुकेश ढकाल र नायिका मेलिना मानन्धर, नायिका निता ढुंगाना र नायक आमेश भण्डारी, नायक दीलीप रायमाझी र उनकी श्रीमति मञ्जु रायमाझी, फेसन डिजाईनर विश्व गौतम र उनकी श्रीमती साथै साप्ताहिक पत्रिकाका सम्पादक सुवास ढकाल र उनकी श्रीमतीले क्याटवाक गरेका थिए ।

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News