अब देखि डकुमेन्ट्रिलाई हेला गर्दिन- रेखा थापा


काठमाण्डौं, फागुन १५
अभिनेत्री तथा निर्देशक रेखा थापाले अब देखि डकुमेन्ट्रिलाई हेला नगर्ने बताएकि छन् । राजधानीमा सञ्चालन भईरहेका स्पोर्टस फिल्म फेस्टिभलमा बोल्दै उनले त्यसो भनेकी हुन् ।
उनले भनिन, यि डकुमेन्ट्रि नहेरुञ्जेल मैले डकुमेन्ट्रिलाई खासै सम्मानजनक तरिकाले हेर्दिनथे तर आज मेरो होस खुलेको छ । साच्चिकै डकुमेन्ट्रि फिल्म भन्दा धेरै अगाडि रहेछ ।





उनले आफु लगायत चलचित्रमा अभिनय गर्ने कलाकारलाई देखावटी मात्र भएको पनि बताईन् । उनले भनिन, साच्चिकै हिरो त खेलाडी हुन जसले समाजलाई योगदान त थप्छन नै, देशको गरिमालाई पनि उच्च बनाउँछन् ।
नायिका थापाले अब आफु चलचित्र बनाउँदा खेलकुदमा आधारित बिषय बस्तुमा बनाउने पनि बताईन् ।
भृकुटीमण्डप स्थित नेपाल पर्यटन बोर्डमा भईरहेको स्पोर्टस फिल्म फेस्टिभल भोली सम्म रहने छ । फेस्टिभलमा खेलकुदसँग सम्बन्धित देश बिदेशका थुप्रै बृत चित्र हेर्न सकिने आयोजकले जानकारी दिएका छन् ।
प्रवद्र्धक मध्येका एक सूर्य थपलिया भन्छन्, नेपालकालागि खेलकुद पनि त्यस्तो माध्यम बन्न सक्छ जसले देशको गरिमालाई थप चम्किलो बनाउने छ ।**

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News