पत्रकारले एक प्लेट मम:को भरमा समाचार लेखछन् : अभिनेत्री निशा अधिकारी
काठमाण्डौं, माघ १९
अभिनेत्री निशा अधिकारी पत्रकारहरुसँग निहुँ खोज्ने कलाकारमा अग्र पंक्तिमा पर्दछिन । केहि समय अघि पत्रकार अनुप भट्टराईले फोटो खिचेको निहुमा अनुपको क्यामर खोस्न पुगेर बिबादमा परेकी अभिनेत्री निशा अधिकारीले स्व. आलोक नेम्बाङको अन्तिम श्रद्धाञ्जली कार्यक्रममा पनि पत्रकारले फोटो खिचेको निहुमा पत्रकारलाई कराउन पछि परिनन् ।
शुक्रबार मात्रै यी अभिनेत्रीलेसामाजिक संजाल फेसबुक मार्फत पत्रकारलाई ठुलै गम्भीर आरोप लगाएकी छिन् ।उनले पत्रकारलाई एक प्लेट म:म:भरमा समाचार लेखछन् भन्दै भन्दै आरोप लगाएकि छिन् । साथै उनले पत्रकारको बर्गिकरण समेत गरेकी छिन् ।
पछिल्लो समय यी अभिनेत्री उनले गरेको चलचित्रको अभिनयको तारिफले चर्चामा रहनु भन्दा पनि उनले पत्रकारलाई पटक पटक गरेको र्दुव्यबहार बाट उनि चर्चामा रहने गरेकी छिन् । चलचित्र अभिनयमा खासै ठुलो सफलता हात पार्न नसकेकी यी अभिनेत्रीले अभिनय गरेका पछिल्लो कुनै फिल्म पनि खासै चल्न सकेको छैन । त्यसैले उनि आज भोलि फिल्म बाट भन्दा पनि पत्रकार सँग गरेको र्दुव्यबहार चर्चामा आउन थालेकी हुन् ।