यौनधन्दा चलाउने विरुद्ध मुद्दा


झापा, माघ २३ । होटलमा युवती राखेर यौनधन्दा चलाउने झापा बिर्तामोडका एक होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसारविरुद्ध शुक्रबार मुद्दा चलाएको छ । 
बिर्तामोडस्थित इलामेली होटलका सञ्चालक वेधनिधि पोखरेललाई प्रहरीले गएराति पक्राउ गरी शुक्रबार मानव बेचबिखनसम्बन्धी मुद्दा चलाएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिए । 
पोखरेलले लामो समयदेखि होटलमा युवती राखेर यौनधन्दा चलाउने गरेको गोप्य सूचनाका आधारमा प्रहरीले होटलमा छापा मारी आपत्तिजनक अवस्थामा दुई जोडीलाई पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुलाई प्रहरीले सार्वजनिक मुद्दा चलाएको बताएको छ । 
बिर्तामोडका केही होटलमा हुने गरेको यौनधन्दा रोक्न प्रहरीले केही समयदेखि विषेश अभियान सुरु गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक राउतले जानकारी दिए । रासस

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News