संसारकै १० सुन्दर राजकुमारीहरु
संसारमा अहिले पनि केही यस्ता देश छन्, जहाँ राजदरबारलाई धेरै अर्थमा केन्द्रका रुपमा लिने गरिन्छ । राजाहरुको शक्ति, प्रतिष्ठा, शान र वैभवजस्ता कारण दरबारलाई सधैं चर्चाको शिखरमा राख्ने गरेको छ । अझ त्यो भन्दा बढी दरबारिया स्त्रीहरुको सुन्दरता, चालचलन र रुपरंगका बारेमा पनि धेरै खोजीनीति हुने गरेको छ । अहिले पनि त्यस्ता देशहरु छन । जुन देशमा राजकुमारी र रानीहरुको सुन्दरतालाई राष्ट्रिय गर्वका रुपमा लिने गरिन्छ ।
नारी सौन्दर्य यस्तो चिज हो, जुन आफैंमा अपारम्पार छ । नारीकै कारणले संसारका सबै ठूला युद्ध भएका छन्, त्यसमा पनि दरवारिया महिलाका कारण । दरवार भन्ने शब्दको पूर्णता खोज्न सुन्दर राजकुमारीको प्रसंग जहाँसुकै आइहाल्छ । हाल राजतन्त्र भइरहेका मुलुकमा राजकुमारी र रानीहरुको अवस्था कस्तो छ ? को–को संसारमै सुन्दर कहलिएका छन् त ? हेर्नोस्, विभिन्न एजेन्सीहरुबाट अनुवाद गरी नेपालीपत्रले तयार पारेको यो समाचार:
रानी रानीया- जोर्डन
जोर्डनकी रानी रानीया संसारकै सबैभन्दा सुन्दर दरबारियामा पर्छिन् । राजा अब्दुल्ला द्वितीय राजकुमार छँदा नै सन् १९९३ को जनवरीमा दुवैबीच विहेको घोषणा गरिएको थियो । त्यसको दुई महिनामै उनीहरुले बिहे गरेका थिए ।
रानी रानीयाका चार सन्तान छन् । उदार मनले दान गर्नका लागि उनले संसारभर ख्याति कमाएकी छन् । जोर्डनमा बालबालिकाहरुको उचित शिक्षाका लागि उनले ठूलो मिहिनेत गरेकी छिन् । उनी विश्वका बालबालिकाहरुको शिक्षाका लागि संसारभरका नेताहरुले जनाएको प्रतिबद्धता पूरा गर्नका लागि घच्घच्याउने काम गर्छिन् ।

राजकुमारी मासाको - जापान

हृाशासी ओवाडाको जेठी छोरी राजकुमारी मासाको इन्टरनेशनल कोर्ट अफ जस्टिसकी पूर्व अध्यक्ष हुन् । मासाकोले राजकुमार नारुहितोसँग पारम्परिक रुपमा बिहे गरेकी थिइन् । उनको बिहे ९ जुन १९९३ मा जापानमा नै भएको थियो ।
म्ासाको र नारुहितोको एउटी सन्तान छिन्- राजकुमारी आइको । राजकुमारी आइको डिसेम्बर १, २००१ मा जन्मिएकी हुन् । जापानमा राजकुमार-राजकुमारीबाट पहिलो सन्तानका रुपमा छोरी जन्मनुलाई उति राम्रो रुपमा लिइँदैन । त्यहाँको दरबारिया कानुनअनुसार, अबको राजगद्दी कसरी राजकुमारी आइकोले ग्रहण गर्लिन् भन्ने चासो छ । त्यसो त परिवर्तित समयमा राजकुमारीलाई नै दरबारको सबैभन्दा उच्च पदमा आसिन गराउँदा फरक नपर्ने धारणाहरु पनि आइरहेका छन् ।
जापानी कानुनवेत्ताहरु अब राजगद्दीमा राजकुमारीलाई आसिन गराउनुपर्ने आशयसहितको नयाँ योजनामा लागिपरेका छन् । यसो भएको खण्डमा दरबारको गद्दी स्थिर रुपमा एकपछि अर्को पुस्तामा सर्दै जाने उनीहरुको धारणा छ ।
राजकुमारी मासाकोका देवर राजकुमार आकिाशिनो र उनकी राजकुमारी किकोले तिनीहरुको तेस्रो सन्तानका रुपमा राजकुमार हिसाहितोलाई जन्म दिएका छन् । त्यस यता जापानी दरबारमा हाशिहितोलाई नै भावी राजाको रुपमा हेरिँदैछ ।
यस्तो अवस्थामा सन् २००० देखि राजकुमारी मासाको भने सर्वसाधारण र मिडियोको नजरबाट हराकी छिन् । केहीको धारणाअनुसार, उनलाई छोरा जन्माउनुपर्ने ठूलो तनावका कारण उनलाई मानसिक समस्याले गाँज्न थालेको छ र उनी शारीरिक रुपमा कमजोर हुन थालेकी छिन् ।
क्याथरिन मिडलटन - बेलायत

क्याथरिन मिडलटनलाई प्रायः केट मिडलटन भनी चिनिन्छ र उनी बेलायती राजकुमार विलियमसँको विवाहपछि राजकुमारी बन्न पुगेकी छिन् । यिनीहरुले अपि्रल २९, सन् २०११ मा विवाह गरेका हुन् ।
सन् २००१ मा पहिलो पटक विलियमसँग केटको भेट भएको थियो । उनीहरु २००७ सम्म लगातार प्रेममा रहे तर बीचमा आपसी मतभेदका कारण छुटि्टन पुगे । केही समयलगत्तै उनीहरु राम्रो साथी मात्र भएको चर्चा गर्दै हिँडे । तर सन् २००८ मा उनीहरुले एकआपसमा भएका मतभेदलाई बिर्सिएर पुनः प्रेमीप्रेमिकाका रुपमा चिनाउन थाले । उनीहरुकोले आफूहरु चाँडै विवाहबन्धनमा बाँधिने भन्दै नोभेम्बर १६, २०१० मा घोषणा गरेका थिए ।
क्यारोल एलिजाबेथ मिडलटन र माइकल फ्रान्सिस मिडलटनकी छोरी केटको एउटा सानो व्यवसायिक कम्पनी थियो । पार्टी पिसेज नामक कम्पनीको बजार मूल्य ३ करोड पाउन्ड रहेको आँकलन गरिन्छ ।

राजकुमारी मेडलिन जोसेफाइन - स्वीडेन

मेडलिन थेरेस एमिली जोसेफाइन परिवारकी सबैभन्दा कान्छी सदस्य हुन् । उनी राजा कार्ल सोह्रौँ गुस्ताफ र रानी सिल्भियाकी तेस्रो सन्तान हुन् ।
मेडलिनलाई संसारकै सबैभन्दा सुन्दर राजकुमारीका रुपमा मानिन्छ । उनलाई फोब्र्स म्यागेजिनले सन् २००८ मा २० सबैभन्दा सुन्दर युवा दरबारियामध्ये १२ औँ नम्बरमा राखेको थियो । सुन्दर मुहार र फेसनप्रतिको झुकावका लागि उनी प्रख्यात छिन् ।
कार्लोटी कासिरागी - मोनाको

कार्लोटी मेरी पोमिलाइन कासिरागीलाई प्रायः मोनाकोकी राजकुमारी कार्लोटीका रुपमा बढी चिनिन्छ । उनी संसारकै सबैभन्दा सुन्दर दरबारियामध्येमा उनी पनि पर्छिन् ।
कार्लोटीसँग के छैन, नाम, दाम, काम र त्योभन्दा पनि उनको राम्रो मुहार । उनी राजकुमार रेनियर तेस्रो तथा हलिउडकी प्रख्यात नायिका ग्रेस केलीकी नातिनी हुन् ।
कार्लोटी मोनाकोको गद्दीमा चौथो नम्बरको तहकी दरबारिया हुन् । उनी राम्रो फेसन सेन्स र उनको मुहारका लागि परिचित छिन् । उनी प्रायः कला प्रदर्शनी घुम्न रुचाउँछिन् । उनका लुगाहरु गुसी कम्पनीले विशेषगरी निर्माण गर्ने गरेको सूत्र बताउँछ ।
राजकुमारी मेरी - डेनमार्क

राजकुमारी मेरी डेनमार्कका राजकुमार फ्रेडरिककी श्रीमती हुन् । सामान्य परिवारबाट दरबारमा पुगेकी मेरी फ्रेडरिकको आँखामा कसरी जँच्न पुग्नुको पनि एउटा रोचक पक्ष छ । उनी सन् २००० को समर ओलम्पिकताका अस्ट्रेलिया यात्रामा थिइन् । त्यही यात्रामा राजकुमार पनि आफ्ना खेलाडीलाई हौस्याउन पुगेका थिए, फ्रेडरिक । यसपछि सन् २००४ म दुवैले बिहे गरिहाले र यिनको बिहेलाई आधुनिक परीकथाका रुपमा चित्रित गर्न थालियो ।
चार सन्तानकी आमा मेरी संसारका सबैभन्दा बढ्ता फेशनेबल व्यक्तिका रुपमा पनि चिनिन्छिन् ।
जेत्सुन पेमा - भुटान

जेटसुन पेमाको ध्यान मिडियालाई त्यतिबेला मात्र भयो, जब उनी भुटानी राजा जिग्मे केशर नाम्ग्याल वाङचुकसँग बिहेका लागि औँठी साटिन् ।
भारत र बेलायतमा पढेकी पेमासँग बिहेको घोषणा राजा जिग्मे केशरले सन् २००११ को मे २० मा गरेका थिए र पछि अक्टोबरमा बिहे पनि गरे । अपूर्व सुन्दरताको कारण पेमाको चर्चा निकै हुने गरेको छ ।
लेटिसिया ओर्टिज- स्पेन

लेटिसिया ओर्टिज अस्टि्रअजका राजकुमार फेलाइपकी श्रीमती हुन् । अस्टि्रअजका राजकुमार हुनु भनेको स्पेनको दरबारसँग जोडिनु हो ।
व्यवसायिक रुपमा लेटिसिया टेलिभिजन समाचारवाचिका हुन् । उनी स्पेनको ब्लुमबर्ग र सीएनएन प्लसमा काम गर्थिन् ।
लेटिसियाले फिलिपसँग सन् २००४ को मे २२ मा बिहे गरिन् । उनीहरुका २ छोरी जन्मिएका छन्, लियोनोर र सोफिया । त्यसो त लेटिसियाको यो दोस्रो बिहे हो तर अघिल्लो बिहे एक वर्ष मात्र टिक्यो । उनको पहिलो पति आलोन्सो गुएरो पेरेजसँग सन् १९९९ मा नै छोडपत्र गरेपछि राजकुमार फिलिपसँग उनी गाँसिएकी थिइन् ।
चार्लिन विट्स्टक- मोनाको

दक्षिण अफ्रिकी ओलम्पिक खेलाडी चार्लिन विट्स्टक मोनाकोका राजकुमार अल्बर्ट द्वितीयकी श्रीमती हुन् । चार्लिन सन् २००० मा मोनाको आएकी थिइन् । उनी पौडी प्रतियोगिताकी प्रतियोगी बनेर आएकी थिइन् तर त्यो यात्रा पौडीमा मात्र सीमित भएन, प्रेमपौडीमा परिणत भयो । त्यही बेलादेखि उनीहरु छुटि्टएको खबर बाहिर कहिल्यै आएन । बरु सन् २०१० को जुन २३ मा विवाहबन्धनमा बाँधिने निर्णय गरे ।
गएको सन् २०१० को जुलाई २ मा सर्वसाधारणले झैँ बिहे गरेर चर्चा बटुले भने जुलाई ३ मा उनीहरु धार्मिक रीतिअनुसार बिहे गरेका थिए ।
जारा फिलिप्स- बेलायत

जारा एनी एलिजाबेथ फिलिप्सलाई मूलतः जारा फिलिप्सका रुपमा चिनिन्छ । राजकुमारी एनी र उनका पहिलो श्रीमान् क्याप्टेन मार्क फिलिपकी दोस्रो सन्तान हुन् । उनी महारानी एलिजाबेथ द्वितीयकी पहिलो नातिनी पनि हुन् ।
उनी राम्रो घोडसवारी पनि हुन् । उनले सन् २००६ को एर्फइआई वल्र्ड इक्वेस्टि्रन गेम्स वल्र्ड च्याम्पियनशीप जितेकी छिन् भने उनलाई त्यतिबेला बीबीसीले खेलकूदको वर्ष खेलाडीका रुपमा सम्मानित पनि गरेको थियो ।
अहिले उनी रग्बी युनियनका खेलाडी माइक टिनडलसँग वैवाहिक जीवन बिताइरहेकी छिन् ।