‘भिमदत्त’मा छल्केको नवल र सुमिना प्रेम (भिडियो)

‘भिमदत्त’मा छल्केको नवल र सुमिना प्रेम (भिडियो)

nawal and suminaऐतिहासिक कथा बोकेको चलचित्र ‘भिमदत्त’ अब रिलिजको तयारीमा छ । सार्वजनिक प्रदर्शन आगाबै विभिन्न च्यारिटी सो र प्रिमियर सो मार्फत चर्चा र तारिफ बटुलेको यो सिनेमा सार्वजनिक प्रदर्शनको दिन नजिकिँदै गर्दा निर्माण युनिटले प्रचारलाई तिब्रता दिन सिनेमामा समावेश गीत रिलिज गरेको छ । सार्वजनिक ‘वारी डाँडा’ बोलको गीतमा अभिनेता नवल खड्का र अभिनेत्री सुमिना घिमिरेको प्रेम भाव झल्केको पाईन्छ ।
त्यसो त पछिल्लो समय सिनेमा उद्योगबाट पलायन जस्तै भएकी अभिनेत्री सुमिनाको लागी आशा बोकिएको मध्ये यो पनि एक सिनेमा हुनसक्छ । सार्वजनिक गीतमा राजेशपायल राई र सत्यकला राईको स्वर छ । गीतको शब्द तथा संगीत मणी थापाको हो । चलचित्रमा नवल र सुमिनासँगै रमेश बुढाथोकी, निशा अधिकारी लगायतको अभिनय छ ।
गीत हेर्नुहोसः

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News