नायकको कमाइ नायिकाको भन्दा दश गुणा बढी
हलिउड चलचित्र नगरीमा नायक र नायिकाबीच पारिश्रमिकमा ठूलो अन्तर छ । आर्केटले आइबार राति अमेरिकाको लसएन्जल्समा भएको ओस्कार समारोहमा अब समान कामका लागि महिला कालाकारलाई पनि समान पारिश्रमिक दिनुपर्ने बताएकी थिइन् ।
हलिउडमा मात्रै होइन बलिउडमा पनि नायक र नायिकाबीचमा पारिश्रमिकमा धेरै ठूलो भिन्नता छ । प्राय गरी नायकले नायिकाले भन्दा दश गुणा बढी पारिश्रमिक लिने गर्दछन् । बलिउड चलचित्रका समिक्षक तथा चलचित्रको व्यापार विश्लेषक कोमल नहाटाका अनुसार बलिउडमा नायिकाको भन्दा नायकको पारिश्रमिक दश गुणाले बढी हुने गर्दछ ।
उदाहारणका लागि शाहरुख खानले लगभग ५५ देखि ६० करोड भारु पारिश्रमिक लिँदा दीपिका पादुकोणले ६ देखि ७ करोड मात्रै पाउने गर्छिन् । यस्तै सलमान खानले ६५ देखि ७० करोड लिँदा करीना कपुरले ५ देखि ६, आमिर खानले ५५ देखि ६० करोड लिँदा कटरीना केफले ५ देखि ६ तथा रणवीर कपुरले २० देखि २५ करोड पाउँदा प्रियंका चोपडाले ५ देखि साढे ५ करोड मात्रै पारिश्रमिक पाउने गरेको नहाटाले बताए ।
बलिउडमा नायिका कमाइका हिसाबले मात्रै पछि छैनन् । उनीहरुको फिल्मी करिअर पनि नायकको भन्दा निकै छोटो हुन्छ । बलिउडमा लगभग एकजना नायिकाको करिअर सात देखि आठ वर्षमात्रै सक्रिय रहने गरेको पाइएको छ । नायक भने दशकौंसम्म टिकी रहन्छन् ।