विवाहपूर्व गर्भवती भएका १० सेलिब्रिटी
कोंकना सेन शर्माः कोलकाता गर्लको रुपमा चिनिने कोंकना सेना शर्मा विवाहपूर्व नै गर्भवती भएको खबर सार्वजनिक भएको थियो । कोंकनाले आफ्ना साथी कलाकार रणबीर शोरीसँग डेटमा थिइन् । सन् २०१० मा उनीहरुले विवाह गरेका थिए । विवाहलगत्तै यी जोडीले आफ्नो पहिलो सन्तानको बारेमा घोषणा गरेका थिए । यद्यपी अहिले दुबैजना अलग भइसकेको खबर छ । कोंकनाले आफू विवाहपूर्व गर्भवती भएको खबरलाई नकारेकी थिइन् ।
अनुष्का शंकरः भारतका निकै चर्चित शितारवादक पंडित रविशंकरकी छोरी अनुष्का शंकर पनि विवाहभन्दा पहिले नै गर्भवती भएकी थिइन् । एक अंग्रेजी अखबारलाई दिएको अन्तर्वार्तामा उनले बच्चा जन्माउनको लागि विवाह नै गर्नुपर्छ भन्ने छैन भनेकी थिइन् । जब अनुष्का गर्भवती थिइन् तब उनी ब्रिटिश फिल्म निर्माता जोय राइटसँग डेट गरिरहेकी थिइन् । सन् २०१० को अगस्टमा उनी गर्भवती भएकी थिइन् र त्यसको एक महिनापछि उनस्ले जोयसँग विवाह गरिन् । अनुष्का पनि निकै चर्चित शितारवादक हुन् ।
अमृता अरोडाः अमृताले अचानक विवाह बन्धनमा बाँधिने घोषणा गरेको तपाईंलाई याद छ ? बलिउडकी नायिका अमृता अरोडा बिजनेसम्यान शकिल लदाकसँग सम्बन्धमा थिइन् जब उनी गर्भवती भएकी थिइन् । जतिबेला अमृताको प्रेगनेन्सी टेस्ट पोजिटिभ निस्कियो तब यो जोडीले तुरुन्त विवाह गर्ने घोषणा गरेका थिए । तर हरेक सेलिब्रिटीहरुले जस्तै उनले पनि गर्भवती भएको खबरलाई नकारेकी थिइन् ।
सेलिना जेटलीः मिस इन्डिया युनिसर्भ सेलिना जेट्ली बलिउडको निकै हट कलाकारको रुपमा चिनिन्छिन् । पीटर हगसँगको विवाह गर्नुभन्दा पहिले दुबैको सम्बन्ध निकै लामो रहेको थियो । मिडिया रिपोर्टका अनुसार आफ्नो जुम्ल्याहा बच्चाहरुलाई जन्म दिनुभन्दा पहिला सेलिना दुबईका होटलियर पीटर हगसँग डेट गरिरहेकी थिइन् र उनी गर्भवती भइन् । सेलिनाले अचानक विवाहको घोषणा गरिन् र त्यसको केहि समयपश्चात उनले जुम्ल्याहा बच्चाहरुलाई जन्म दिइन् । यद्यपी सेलिनाले विवाहपूर्व गर्भवती भएको खबरलाई निकै जोरदार रुपमा खण्डन गरेकी थिइन् ।
श्रीदेवीः बलिउडकी यी एक्ली नायिका हुन् जसले आफ्र विवाहपूर्व नै गर्भवती भएको स्विकार गरेकी छिन् । मिडिया रिपोर्टका अनुसार श्रीदेवीले जब बोनी कपुरसँग विवाह गरिन् तब उनी सात महिनाकी गर्भवती थिइन् । यो जोडीले सन् १९९६ मा विवाह गरेका थिए । उनीहरुकी छोरी जानवीको जन्म दुबैको विवाह भएको केहि महिनापछि नै भएको थियो ।
सारिकाः कुनै बेलाकी निकै राम्री नायिकाको रुपमा परिचित सारिकाले कमल हसनसँग डेट गरेकी थिइन् । कमल हसल पहिले देखि नै विवाहित थिए । कमलले आफ्नी श्रीमतीसँग सम्बन्ध विच्छेद गरे र सारिकासँग बस्न थाले । सँगै बस्न थाल्नुभन्दा अघि नै उनी गर्भवती भएकी थिइन् । केहि समयपछि नै यो जोडीको छोरीको जन्म भयो जसको नाम श्रुती हसन राखियो । त्यसपछि यो जोडिको अर्की छोरी अक्षराको जन्म भयो । दुइजना छोरीको जन्मपश्चात्मात्र यो जोडीले विवाह गर्यो । यद्यपी सारिका र कमलको विवाह धेरैदिनसम्म टिक्न सकेन । अहिले दुबैजनाको सम्बन्धविच्छेद भइसकेको 
जेसिका अल्बाः हलिउड फिल्म निर्माता क्यास वारेन र जेसिका अल्बाले सन् २००९ को मे मा विवाह गरेका थिए । विवाहको एक महिना पश्चात् नै उनीहरुको बच्चाको जन्म भएको थियो ।
जेनिफर गार्नरः सन् २००५ मा हलिउडकी नायिका जेनिफर गार्नरले बेन एप्लेकसँग विवाह गरेकी थिइन् । यो विवाह यति गोप्य ढङ्गमा गरिएको थियो कि विवाहको बारेमा उनीहरुको आमा–बुवालाई पनि जानकारी दिइएको थिइएन । विवाहको ६ महिनापछि उनीहरुको पहिलो सन्तानको जन्म भएको थियो ।
बिना मल्लिकः यो उनै नायिका हुन् जसले अस्मित पटेलसँगको हट सिनका कारण बिग बसको समय रातीको ९ बजेबाट ११ बजे सार्नु परेको थियो । दुबईका एक ब्यापारीसँग विवाह गर्नुभन्दा पहिले बिना गर्भवती भएको खबर मिडियामा आएको थियो र यो सबै खबरलाई बिना नकार्दै रहिन् । बिनाको अस्मित पटेलसँगको सम्बन्धले पनि निकै चर्चा बटुल्न सफल भएको थियो ।