एमाओवादी संविधानसभा बैठकमा नजाने

Top-leaders-of-the-UCPN-Maoistकाठमाण्डु, १९ माघ– प्रमुख प्रतिपक्षी एमाओवादी संविधानसभाको आगामी बैठकमा सहभागी नहुने भएको छ ।
संविधानसभा अध्यक्ष सुवास नेम्वाङले बिहीबारका लागि बेलाएको बैठकमा सो पार्टी सहभागी नहुने भएको हो ।
एमाओवादी संसदीय बोर्ड सचिव एवम् सभासद अग्नि सापकोटाले बहुमतीय प्रक्रिया नसच्चिएसम्म आफूहरु संविधानसभामा नजाने काठमाण्डु टुडेलाई बताए ।
‘हामीले बहुमतीय प्रक्रिया सच्याउन सभाध्यक्ष, सरकार र सरकारमा रहेका पार्टीहरुलाई भन्दै आएका छौं’, ‘सापकोटाले भने, ‘बलमिच्याइँमा अघि बढेको बहुमतीय प्रक्रिया नसच्चिएसम्म संविधानसभामा नजाने यसअघिकै निर्णयमा हामी अडिग छौं ।’
उनले जनतासँग सल्लाह नगरी संविधानसभामा नजाने निर्णयमा पार्टी अडिग रहेको बताए ।
आफ्नो असहमहतिबीच गत ११ माघमा संविधानसभाबाट प्रश्नावली समिति पारित भएसँगै एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले सरकार, सत्तारुढ दल र सभाध्यक्षसँग वार्ता नगर्ने तथा उनीहरुका कामकारबाहीमा कुनै प्रकारको सहयोग नगर्ने निर्णय गरेको थियो ।
एमाओवादीले सत्तापक्षले विगतका सहमति, सम्झौता र अन्तरिम संविधानको मर्म र भावनाविपरित बहुमतीय प्रक्रिया अघि बढाएर सत्ता पक्षले मुलुकलाई द्वन्द्व र मुठभेडतर्फ लैजान खोजेको आरोप लगाउँदै आएको छ ।
- See more at: http://kathmandutoday.com/2015/02/75513.html#sthash.FT1rWQEb.dpuf

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News