नेपालमा सुशील कोइरालाभन्दा नरेन्द्र मोदी लोकप्रिय ! -
काठमाण्डु, १९ माघ– नेपाली जनतामाझ आफ्ना प्रधानमन्त्री सुशील कोइरालाभन्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लोकप्रिय रहेको एक अध्ययनले देखाएको छ ।
‘इन्टरडिसिप्लिनरी इनालिस्टस’ नामक संस्थाले हालै गरेको अध्ययनमा प्रधानमन्त्री कोइरालाभन्दा मोदीको लोकप्रियता माथि पाइएको हो । संस्थाले अध्ययनमा नेपाली नेतासँगै मोदीलाई पनि समावेश गरेको थियो ।
अध्ययनका क्रममा मोदीले ६८ र प्रधानमन्त्री कोइरालाले ५८ अंक पाएका छन् । नेपाली नेताहरुमा राष्ट्रपति रामवरण यादव सबैभन्दा बढी लोकप्रिय देखिएका छन् । यादवले ६१ अंक पाएका छन् । दोश्रोमा प्रधानमन्त्री कोइराला छन् ।
अध्ययनका अनुसार लोकप्रिय नेताको सूचीमा कांग्रेस युवा नेता गगन थापा तेश्रोमा परेका छन् । उनले ५८ अंक पाएका छन् । थापापछि ५१ अंकका साथ एमाओवादी नेता बाबुराम भट्टराई चौथो नम्बरमा छन् ।
एमाले अध्यक्ष केपी ओली ४७ अंकका साथ पाँचौं र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ४० अंकका साथ छैटौं नम्बरमा परेका छन् ।
राप्रपा नेपालका अध्यक्ष कमल थापा ४० अंकका साथ सातौं र पूर्वराजा ज्ञानेन्द्र शाह ३८ अंकका साथ आठौं स्थानमा हरेको देखाइएको छ । ४४ जिल्लाका गरिएको सर्वेक्षणमा करिब ३ हजार मानिसमा सहभागी रहेको बताइएको छ ।