डङग’मा सौगात तराई लवजमा, हट प्रियंका भन्छिन्, मेरा लागि चुनौती (ट्रेलर सहित)

डङग’मा सौगात तराई लवजमा, हट प्रियंका भन्छिन्, मेरा लागि चुनौती (ट्रेलर सहित)

 समाचार 

तस्बिर : विशाल राई 
काठमाडौ, २०७१, फल्गुन १४, बिहिबार । चलचित्र ‘लुट’ हेरेपछि थाहा हुन्छ, अभिनेता सौगात मल्ल आफ्नो क्यारेक्टरमा कत्तिको मेहेनत गर्छन् भनेर । हरेक चलचित्रमा फरक अभिनय गर्न रुचाउने चलचित्र ‘लुट’मा हाकु कालेको भूमिकामा देखिएका अभिनेता सौगात मल्ल उनको पछिल्लो चलचित्र ‘षडङग’मा भने तराई लवजमा बोल्ने पात्र बनेका छन् । ‘हरेक फिल्ममा देखिने गेटअपका लागि उत्तिकै मेहनत गर्ने गरेको हुन्छु । तराईको लवज मेरो लागि खासै नौलो होइन, किनभने म त्यही परिवेशमा हुकिर्एकोले सजिलो भयो,’ अभिनेता मल्लले प्रश्ट्याए ।
Saugat Malla & Priyanka Karki movie Sadanga
हिजो बुधबार राजधानीमा चलचित्र युनिटले मिडियाकर्मीमाझ प्रोमो, पोस्टर र गीतसँगै रिलिज डेट सार्वजनिक गरेको छ । कार्यक्रममा बोल्दै नेपाली चलचित्रमा सबैभन्दा व्यस्त अभिनेत्री प्रियंका कार्कीले चैत १३ गते रिलिज हुन लागेको चलचित्र ‘षडङग’ अभिनयका हिसाबले उनका लागि चुनौतीपूर्ण रहेको बताइन् । म आफैलाई पनि फरक खाले भुमिका भएको चलचित्र गर्न मन लाग्छ र त्यो अवसर मैले यस चलचित्रमा पाएको छु,’ अभिनेत्री कार्कीले बताइन् । थपिन्, ‘मनोरञ्जनात्मक चलचित्रका सबैले आ–आफ्नो भूमिकामा मेहनत गरेका छौं । राजनीतिक अस्थीरताले गर्दा सिर्जना हुने विभिन्न परिस्थितिमा कलाकारहरुले काम गरेका छन्,’ अभिनेत्री प्रियंका कार्कीले बताइन् ।

चैत १३ मा रिलिज हुने चलचित्रलाई सुरज सुनुवारले निर्देशन गरेका हुन् । ग्याङस्टार चलचित्र मन पराउने निर्देशक सुनुवारले राजनीतिका विभिन्न ६ वटा मान्यताहरुको प्रयोग गरेर चलचित्र निर्माण गरिएको बताए । ‘राजनीतिका विभिन्न ६ वटा मान्यता फिल्ममा हेर्न पाइन्छ । तर यो राजनीतिक चलचित्र भने होइन । चलचित्रमा राजनीतिकसँग ग्याङस्टार र मनोरञ्जनात्मक कुराहरु समेत समेटिएका छन्,’ उनले भने ।
लुमिनियोस पिक्चस्को ब्यानरमा निर्माण भएको चलचित्रमा राजनीतिक विषयवस्तुलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ । कलाकारहरुका अभिनयमा सबै सुहाएका छन् । हाम्रो भूमिकालाई दर्शकले मनपराउनु हुनेछ,’ अभिनेता अनुप बरालले भने । त्यस्तै कार्यक्रममै बोल्दै अभिनेत्री हर्षिका श्रेष्ठले चलचित्रमा आइटम गीत राम्रो बनेको बताइन् ।
चलचित्रको ३५ दिने सुटिङ राजधानी र धुलिखेलमा भएको थियो । चलचित्रमा सुजेन्द्र डि कार्कीको संगीत दिएका छन् । बृद्धिलाल मगरले प्रोडक्सन र नरेन्द्र मैनालीले सिनेमाटोग्राफीमा काम गरेका छन् । पपकर्न मुभिजले वितरण गर्न लागेको चलचित्रमा अभिनेता सौगात मल्ल, अनुप बराल, विजय लामा, प्रियंका काकी, सौरमराज तुलाधर, ए गुरुङ र हषिका श्रेष्ठ लगायतले अभिनय गरेका छन् ।

सबै फोटो फिचरमा हेर्नुहोस्


Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News