हिमानीसँग पारसको सम्बन्ध सुध्रियो, नेपाल फर्काउने तयारी
पारस गत दसैंमा थाई प्रेमिकासहित स्वदेश आउन लागेका थिए,तर श्रीमती हिमानी र बुबा ज्ञानेन्द्रले रोकेका थिए । उनी गाँजासहित पक्राउ परे र अदालतको आदेशकमा जेलमा छन् । पूर्वराजपरिवारले थाइल्यान्डमा मुद्दा टुंगिनासाथ पारसलाई स्वदेश फर्काउने तयारी गरेको छ ।पारस २९ कात्तिकदेखि जेलमा छन् । उनलाई लाओससँगको सीमावर्ती उदुकखानीस्थित लेजमा ख श्रेणीको सुविधासहित राखिएको छ । यो ठाउँ बैंकबाट करिब दुई सय किलोमिटर दूरीमा छ । आजको नयाँ पत्रिकामा खबर छ ।