वाइसिएलको लाठी सर्वसाधारणको टाउकोमा बर्सियो

एमाओवादी नेतृत्वको मोर्चाले फागुन १६ गते शनिबार काठमाडौँमा प्रदर्शन गर्दैछ। यसैको तयारीका लागि आज दिउँसो वाइसिएलले लाठी जुलुस निकालेको थियो।माओवादी शान्ति प्रक्रियामा आउँदा वाइसिएल निकै विवादित थियो। बिस्तारै वाइसिएलको नामसमेत सुनिन छाडेको थियो। अहिले एमाओवादीले आन्दोलन चर्काउँदै गर्दा फेरि यो चर्चामा आउन थालेको छ।
आज वाइसिएलले भृकुटीमण्डपबाट लाठी प्रदर्शन गर्ने कार्यक्रम रहेछ। साढे १ बजेदेखि कार्यक्रम सुरु हुने जानकारी न्युजरुममा आएपछि निर्धारित समयमा म त्यहाँ पुगेँ। केही ढिला सुरु भयो जुलुस।
‘वाइसिएल स्वयंसेवक’ लेखिएको रातो टोपी लगाएर बाँसको भाटा बोकेकाहरु उत्तेजित नारा लगाउँदै थिए- आदेश देऊ प्रचण्ड, युद्ध लड्न तयार छौँ। उनीहरु एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री सुशील कोइरालालाई गाली गर्दै चिच्याउँदै थिए।
युथ फोर्स र तरुण दल कहाँ छ वाइसिएल यहाँ छ- उनीहरुको अर्को नारा थियो।
भृकुटीमण्डपबाट सडक कब्जा गर्दै जुलुस लाग्यो भद्रकालीतर्फ। उत्तेजित जुलुस देखेर गाडी र मोटरसाइकल चालकहरु तर्केर हतार हतार मोड्दै थिए। सेनाको मुख्यालय जाने बाटो अगाडि भद्रकालीमा एउटा बाइक आयो। बाइकले हर्न बजाएको जस्तो लागेको थियो, प्रदर्शनकारीहरुले लाठी बर्साइहाले।
एकै छिनमा त्यहाँ अर्को एउटा बाइक आयो। त्यो बाइक जुलुसको साइडबाट जान खोज्दा फेरि उनीहरुले लाठी बर्साए। बाइक र मान्छे दुवैमा लाठी बर्सिएको थियो।

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News