‘सिमसिमे पानी’मा रेखाको कामुक अवतार (भिडियो)


काठमाडौं, माघ २६ । गायिका रेखा शाहको चर्चित गीत ‘सिमसिमे पानी’को नयाँ म्यूजिक भिडियो हालैमा सार्वजनिक भएको छ । रेडियो नेपालमा २१ वर्षअघि ‘सिमसिमे पानीमा’ गाएर चर्चा बटुलेकी गायिका रेखाले सोही गीतलाई पुनः रेकर्ड गरेर नयाँ म्यूजिक भिडियो बनाएकी हुन् ।

नेपाली संगीतजगतमा अत्यन्तै रुचाइएको गीत ‘सिमसिमे पानी’को नयाँ भिडियोमा भने पश्चिममा शैलीको छनक देख्न सकिन्छ ।

भिडियोलाई ‘हलिउड’ स्वरुपमा ढालिएको छ भने सेतो घोडालाई प्रतीकात्मक रुपमा प्रस्तुत गरिएको छ । गायिका रेखा भिडियोमा ग्ल्यामर अवतारमा प्रस्तुत भएकी छन् ।

शब्द, संगीत स्वंय गायिकाकै रहेको गीतको नयाँ भिडियोमा रेखासहित अमिर शेखलगायतको अभिनय रहेको छ । भिडियोलाई नितिन चन्दले निर्देशन गरेका हुन् । 

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News