राप्ती अंचल अस्पतालमा दिनभर तनाव

1लक्ष्मी खड्का, दाङ । राप्ती अंचल अस्पताल तुलसीपुर परिशर शनिवार दिनभर जस्तो तनाव पूर्ण वन्यो । संगै मृत अवस्थामा फेला दुई स्कुले छात्राको पोष्ट मार्टमको विषलाई लिएर अस्पताल परिशर तनावपूर्ण वनेको हो । अस्पतालका डाक्टरहरुले पोष्ट मार्टम गर्न नमानेपछि मृतकका आफन्त र शुभचिन्तकले अस्पताल परिशरमा भेला भएर दवाव दिँदा दिनभर अंचल अस्पताल परिशर तनावपूर्ण वन्न पुगेको थियो । त्यसपछि शनिवार दिउँसो दुईवजेदेखि पोष्ट मार्टम शुरु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसी चक्रराज जोशीका अनुसार माघ २० गते चट्याङले हानेर मृत्यू भएका एक व्यक्तिको पोष्ट मार्टम पछि आफन्तले डाक्टरहरुमाथि सोहि विषयलाई लिएर डाक्टर माथि अभद्र व्यवहार र हातपात भएको भन्दै अंचल अस्पतालका डाक्टरहरुले मृतक दुई छात्राको पोष्टमार्टम गर्न मानेका थिएनन् । तर दवाव पछि मृत अवस्थामा फेला परेका दुई किशोरीको पोष्ट मार्टम शुरु भएसंगै अस्पताल परिशरमा उत्पन्न तनावपनि शान्त भएको छ ।
शुक्रवार अपरान्ह ५ बजे मात्रै १८ दिन अघि वेपत्ता तुलसीपुर ६ गाइडरकी २१ वर्षे उषा केसी र सल्यान सिनावाङ तिन निवासी १८ वर्षे सुनिता भन्डारी तुलसीपुर ११ को मायालु सामुदायिक वनमा मृत अवस्थामा फेला परेका थिए । दुवै जना तुलसीपुर स्थित राप्ती विद्यामन्दिरमा कक्षा १२ मा व्यवस्थापन संकायमा अध्यनरत छात्रा हुन ।
उनीहरु आँफुले लगाएको कपडा वाहेक मोवाई लगाएतका सम्पूर्ण सामाग्रि कोठामै छोडि माघ ५ गतेदेखि वेपत्ता वनेका पारिवारीक स्रोतले वताएको छ । आफन्तले दुई छात्रा व्यपत्ता भए लगतै स्थानिय मिडिया मार्फत सार्वजनिक सूचनापनि जारी गरेका थिए ।
यसैबिच मृतकका आफन्तहरुले घटना शंकास्पद र रहस्यमय भएको वताएका छन् । मृतक उषाका वुवा अंचल केसीले मृतक एक अर्काे माथि लडेको अवस्थामा भेटिनु र खुट्टामा चोट समेत लागेको हुँदा घटनाको निष्पक्ष छानविनगरि सत्यतथ्य वाहिर ल्याउनकालागि प्रहरी प्रशासन, अधिकार कर्मी, पत्रकार लगाएत सबैमा आग्रह गरे ।
तर प्रहरीले मृत अवस्थामा फेलापरेका दुई किशोरीको सव नजिकै बुलुम नामक किटनासक औषधिको दूईवटा सिसि रित्ता (खालि)अवस्थामा फेला परेकोले जानकारी दिएको छ । प्रहरीले उनीहरुको मृत्यू विषादि सेवनवाटै भएको हुन सक्ने पूर्व अनुमान गरेपनि पोष्ट मार्टमको रिपोटपछि मात्रै तथ्य वाहिर आउने वताएको छ ।

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News