पप गायिका लेडी गागाले गरिन इन्गेजमेन्ट

ledi-gaga-2

एजेन्सी । पप गायिका लेडी गागाले ‘शिकागो फायर’ अभिनेता टेलर किन्नीसँग ‘इन्गेजमेन्ट’ गरेकी छिन। २८ वर्षीया यी गायिकाले ३३ वर्षीय अभिनेता टेलर किनेईसँग इन्गेजमेन्ट गरेकी हुन् । सामाजिक सञ्जालमा उनले इन्गेजमेन्ट गरेको तस्बिर पोष्ट गरेपछि उनको इन्गेजमेन्ट भएको खवर सार्वजनिक भएको हो । गागाले पनि पान आकारको ठूलो हिराको औंठीको फोटो इन्स्टाग्राममा सार्वजनिक गर्दै ‘इन्गेजमेन्ट’को पुष्टि गरेकी छन। सार्वजनिक गरिएको फोटो मुनी गागाले ‘भ्यालेनटाइन डे को दिन उनले मलाई आफ्नो दिल दिए र मैले हुन्छ भनिदिएँ’ भनेर लेखेकी छिन। सन् २०११ मा ‘यु एण्ड आई’ भिडियो सेटमा उनीहरुको पहिलो भेट भएको थियो । त्यसपछिसँगै रहे पनि सन् २०१२ मा छुट्टिएको खवर सार्वजनिक भएको थियो । लेडी गागाको पोकर फेस, ब्याड रोमान्स, एपालुज लगायतका गीत चर्चित छन् । उनले ‘चिक टु चिक’ गीतवाट ग्रामी अवार्ड समेत पाएकी छिन् ।

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News