एक सय यात्रु चढेको डुंगा दुर्घटना
१० फागुन, काठमाडौं । बंगलादेशको राजधानी ढाका नजिकै एक सयभन्दा बढी यात्रु चढेको डुंगा डुबेको छ । अधिकारीहरुका अनुसार पद्या नदी पार गर्ने क्रममा अर्को डुंगासँग ठोक्किएर उक्त डुंगा डुबेको हो ।
घटनास्थल राजधानी ढाकाबाट झण्डै ५० किलोमिटर टाढा रहेको बताइएको छ । उद्धार कार्य जारी छ ।