खन्ना गार्मेण्टमा प्रचण्डको गर्जन-‘लाठीलाई लाठीले नै जवाफ दिन्छौं’

PRACHANDA_NEPAL_268477e

काठमाडौं,फागुन ११ । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्दोलनलाई राष्ट्रपतिको पद पाउन गरेको वार्गेनिङका रुपमा नबुझ्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन । सोमबार ललितपुरस्थित खन्ना गार्मेन्टको हलमा मजदुर संगठनका नेता–कार्यकर्तालाई प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् । उनले कांग्रेस–एमाले सरकारले दिने अलोकतान्त्रिक आदेशको भरमा सुरक्षा संयन्त्रले गलत रबैया अपनाएमा आफूहरु मूकदर्शक नबन्ने चेतावनी दिएका छन् ।
भने– ‘प्रहरीले लाठी हाने हामी पनि हान्छौं, तिनले गोली हाने हामी सोच्छौं । तर, जुनसुकै हालतमा पनि आन्दोलनलाई निष्कर्षमा पुर्याएरै छाड्छौं ।’
एमाओवादी सहित ३० दलीय मोर्चाले हाल अगाडि बढाएको आन्दोलन प्रचण्ड राष्ट्रपति हुनैका भएको भनेर सत्ताधारीहरुको गरिरहेको प्रचारवाजीप्रति आपत्ति जनाउँदै उनले भने– ‘प्रचण्डले आफू राष्ट्रपति बन्ने सपना पूरा गर्न आन्दोलन सुरु गर्यो भनेर जो प्रचार गरिएको छ, त्यो कुरामा बिल्कुल सत्यता छैन । तर, मलाई यो खोपीको देउताजस्तो राष्ट्रपति हुन कुनै रहर छैन ।’
उनले विगतमा आफूहरुबाट धेरै कमजोरीहरु भएको स्वीकार गर्दै अब तिनलाई सच्याउन जनताकोमा जानुपरेको बताए । ‘हिजोका आन्दोलनमा हामीले एउटा विषालु सर्पको टाउको कुल्चियौं’, राजतन्त्र र सत्तारुढ दलतर्फ इंगित गर्दै प्रचण्डले भने– ‘तर पुच्छरलाई त्यत्तिकै छाड्ने गल्ती गरिएछ ।’ ‘जाडोमा कठ्यांग्रिएको साँपलाई दूध पिलाउनु आफ्नो ठूलो भूल भएको’ उको भनाइ छ ।
हजारौं स्वयंसेवक सेनाले फागुन १६ गते काठमाडौं भरिने उल्लेख गर्दै प्रचण्डले भने– ‘काठमाडौंमा जम्मा भएका लाखौं जनताले करोडौंको रुप लिनेछन् ।’ अब ‘रक्तपातविहिन युद्ध’ को सुरुआत भएको प्रचण्डको जिकिर छ ।

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News