लक्ष्मीलाई ‘मिस तामाङ' ताज

लक्ष्मीलाई ‘मिस तामाङ' ताज
काठमाडौं– दोलखाकी लक्ष्मी तामाङ मोक्तानले यस वर्षको ‘मिस तामाङ' उपाधि जितेकी छन्। काठमाडौंमा शनिबार भएको आठौं संस्करणको फाइनलमा ३३ युवतीलाई पन्छाउँदै १६ वर्षीया लक्ष्मीले ताज चुमेकी हुन्।
‘मिस तामाङको उपाधि पाएपछि समुदायको उत्थानमा पहिलो कार्य के गर्नुहुन्छ' भन्ने निर्णायकको प्रश्नमा ‘शिक्षा र स्वास्थको क्षेत्रमा चेतनामूलक काम गर्छु' भन्ने जवाफ दिएकी थिइन्।
प्रतियोगितामा मनीषा योञ्जनले मिस टयालेन्ट र फस्ट रनरअप जितिन् भने सुजाता तामाङ सेकेन्ड रनरअप भइन्। सांगीतिक प्रस्तुतिहरुले मनोरञ्जक बनेको प्रतियोगितामा पारु गोलेले बेस्ट पर्सनालिटी, सजनी तामाङले बेस्ट ड्रेस, सरस्वती तामाङले फोटोजेनिक, नवाङ मोक्तानले बेस्ट क्याटवाक र पेमा घिसिङले डिस्सिप्लिनको टाइटल हात पारे। त्यस्तै, निशा तामाङलाई ब्युटिफुल हेयर, छिरिङ लामालाई एसएमएस भोटिङ, सोनम लामालाई भ्युअर्स् च्वाइस, जुना लामालाई बेस्ट स्माइल टाइटल प्रदान गरियो। सुष्मा तामाङले मिस फ्रेन्डसिप, सन्तोषी लोप्चनले अर्गनाइजर च्वाइस, बबिता तामाङले बेस्ट फिगर र संगीता पाखि्रनले ब्युटी विद पर्पोजको उपाधि जिते।

एभेरस्ट फेसन होमद्वारा आयोजित प्रतियोगितामा सहभागीहरु पहिलो चरणमा तामाङ पहिरनका साथ प्रस्तुत भएका थिए। निर्णायकको प्रश्नको आधारमा उत्कृष्ट १५ हुँदै उत्कृष्ट सात छानिएपछि उत्कृष्ट तीनका लागि साझा प्रश्न सोधिएको थियो। सबै सहभागीलाई रोजिन शाक्यले करिब एक महिना कोरियोग्राफी सिकाएका थिए।
प्रतियोगिताको निर्णायक मण्डलमा इच्छाराज तामाङ, दानबहादुर तामाङ, नवीना लामा, फूलमान बल, रोजी लोप्चन तामाङलगायत रहेका थिए। नयाँ पुस्तामा तामाङ भाषा, संस्कृतिप्रति लगाव बढाउन प्रतियोगिता गरिएको एभरेस्ट फेसन होमकी अध्यक्ष रञ्जिता लामा ब्लोनले बताइन्।

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News