मार्चको अन्तमा सामसुङ ग्यालेक्सी S6 आउने

samsung-galaxy-s6
मिडिया एनपी, काठमाडौं । दक्षिण कोरियाली स्मार्टफोन जोयन्ट सामसुङले आफ्नो अर्को फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी S6 मार्च को अन्त सम्ममा लञ्च गर्नेछ ।
अहिले यस बारेमा कुनै आधिकारिक पुष्टिकरण भने त भएको छैन, तर इन्डस्ट्रीका सूत्रहरूका अनुसार सामसुङले मार्च २ देखि ६ सम्म हुने मोबाइल वर्ल्ड कांग्रेसमा यस फोनबाट पर्दा उठाउनेछ । ग्यालेक्सी S6, जसको अहिले निकै पर्खाइ भैरहेको छ । एक अनुमान अनुसार यो फोन ग्यालेक्सी S5 भन्दा निकै एडभान्स्ड हुनेछ ।
गत बर्षको मार्च महिनामा सार्वजनिक गरिएको ग्यालेक्सी S5 बाट सामसुङलाइ ठुलै निराशा हात लागेको थियो । ग्यालेक्सी S5 बाट भएको नोक्सानीलाइ भरपाइ गर्नका लागी नै सामसुङले मेटालिक बडी भएको ग्यालेक्सी अल्फा स्मार्टफोन लन्च गरेको थियो ।
अब सामसुङले सोही मेटालिक डिजाइनलाइनै ग्यालेक्सी S6 मा पनि कायम राख्ने अनुमान गरिएको छ र यस स्मार्टफोनमा 2K (१४४०x२५६० पिक्सेल) स्क्रीन हुनेछ । ग्यालेक्सी नोट एज को डिजाइनलाइ ध्यानमा राखेर सामसुङले कथित रूपबाट ग्यालेक्सी S6 को कर्व्ड स्क्रीन भर्शनमा पनि काम गरिरहेको छ ।
यस फोनमा प्रोसेसर कुन हुने अहिलेनै एकिन नभएको बुझिएको छ । रिपोर्ट्सका अनुसार सामसुङ जुन टप-एण्ड क्वालकम चिपको टेस्टिङ गरिरहेको छ, त्यसमा हिटिङको समस्या देखिएको छ ।
यदि यो रिपोर्ट्स सही हो भने हुन सक्दछ कि सामसुङले आफ्नो Exynos चिपको इन्टरनेशनल भेरियन्ट प्रयोग गर्नेछ । यस बाहेक सामसुङ ग्यालेक्सी S6 मा २० मेगापिक्सेलको प्राइमरी क्यामरा, फास्ट 4G रेडियो, ३२ र ६४ जीबी स्टोरेज अपशन्स र माइक्रोएसडी कार्ड सपोर्ट हुने अनुमान गरिएको छ । साथै यसमा ३००० mAh वा सो भन्दा धेरै ब्याट्री हुने कुरा रिपोर्टस्मा जनाइएको छ ।

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News