अष्ट्रेलियामा खिचिँदै 'The Winner"


Malina-Joshiग्ल्यामर नेपाल, काठमाडौ ।
संगठित अपराधले दुई देशको बिचमा पार्ने प्रभाव र त्यसले निम्त्याउने समस्याका बिषयलाई प्रस्तुत गरिएको फिल्म ‘द वीनर’को छायांकन अब अष्टे«लियामा हुने भएको छ । केही महिना अगाडी सुरु भएको यो फिल्मले काठमाडौ र भारतको राजस्थानपछि बाँकी छायांकन अष्ट्रेलियामा गर्न लागेको हो ।
फिल्मका डेब्यु निर्देशक हिक्मत विष्टका अनुसार अष्ट्रेलियामा ४० प्रतिशत छायांकन गरिनेछ । ‘फिल्मको कथा नै रिच भएकोले लोकसन पनि त्यस्तै दिन अष्ट्रेलिया जान लागिएको हो’ निर्देशक बिष्टले भने ‘कुनै कम्परमाइज नगरी फिल्म पुरा गर्ने सोचमा पुरै टिम लागेका छौ ।’ अष्ट्रेलियामा एक गीतको पनि छायांकन गरिनेछ ।
फिल्ममा महेश मान श्रेष्ठ, मन्चिन शाक्य, पुर्व मिस नेपाल मलिना जोशी, राजकुमार पन्त, रोयल मास्के, उत्तम बिष्ट, रमेश गुरुङ, एलेक्स खड्का ,अमित गिरीलगायतको अभिनय रहेको छ । फिल्मका निर्माता रितेश राणा, राजेश जोसी र सुबोध ठकुरी हुन् ।
डाइमन स्टार फिल्मस् प्रालिको ब्यानरमा बन्न लागेको फिल्ममा कविराज गहतराजको नृत्य, हिमाल केसीको द्वन्द्व, अमित श्रेष्ठको संगीत र पुरुषोतम प्रधानको छायांकन रहेको छ । फिल्म एक्सन थ्रिलर फ्लेबरको छ । आगामी जेठमा फिल्म प्रदर्शनको योजना रहेको निर्माण पक्षले जनाएको छ ।

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News