YCL भनिने आतंककारीहरुले काठमाडौमा सर्वसाधारण माथी लाठी प्रहार गर्दै
YCL भनिने आतंककारीहरुले काठमाडौमा सर्वसाधारण माथी लाठी प्रहार गर्दै कुरताको सुरुवात गरेका छन ।
एमाओवादीले १२ फागुनमा काठमाडौँमा प्रदर्शन गरेको लाठी जुलुसका सहभागीले सडकमा हिंड्ने सर्वसाधारणमाथि कुटपिट गरेका छन् ।
टाउकोमा ‘वाईसीएल स्वयम् सेवक’ लेखिएको टोपी लगाएर ‘आदेश देऊ प्रचण्ड…’ भन्दै नाराबाजी गरिरहेका युवाहरुले राजधानीको भद्रकालीमा मोटरसाइकलमा सवार सर्वसाधरणमाथि लाठी साथै लात्ती समेत प्रहार गरेका हुन् ।
भृकुटी मण्डपबाट शुरु भई भद्रकाली तर्फ लागेको जुलुसका सहभागीले जुलुसको छेउँबाट मोटरसाइकल अघि बढाउँदै गरेका एक जनालाई शुरुमा कुटपिट गरेपछि अन्यलाई पनि लाठी र लात्तीले हिर्काउँदै हिंडेका थिए ।