अमेरिकी राजदुतलाई कोरियामा ब्लेडले काटियो

फागुन २१ । दक्षिण कोरियाका लागि अमेरिकी राजदुत मार्क लिपर्टमाथि दक्षिण कोरियाको राजधानीमा आक्रमण भएको छ ।

आक्रमणमा संलग्नले दुई कोरिया एक हुनुपर्ने नारा लगाउँदै उनीमाथि आक्रमण गरेका थिए । 

अक्रमणकारीले उनको गाला र हातमा ब्लेडले काटेका छन् । ब्रेकफास्ट मिटिङमा सहभागी भइरहेका ४२ वर्षीय लिपर्टको मुहार र देब्रे हात काटिएको छ ।

उनलाई आक्रमणलगत्तै अस्पताल लगिएको र चोट सामान्य रहेको बताइएको छ । ५५ वर्षीय आक्रमणकारी पूर्व विद्रोही लडाकु भएको पुष्टि भएको बिबिसीले जनाएको छ । उनले आक्रमणको क्रममा उत्तर र दक्षिण कोरिया पुन एकीकरण हुनुपर्ने नारा लगाएका थिए । उनलाई सुरक्षा अधिकारीले पक्राउ गरेका छन् ।

प्रत्यक्षदर्शीका अनुसार एक कला केन्द्रमा ब्रेकफास्ट मिटिङ गरिरहेका दाजदुतमाथि आक्रमण गर्नुअघि ति आक्रमणकारीले उत्तर र दक्षिण कोरिया एक हुनुपर्ने नारा लगाएका थिए ।

ति आक्रमणकारीले अमेरिका र दक्षिण कोरियाले संयुक्तरुपमा गर्ने सैन्य तालिमप्रति विरोध समेत जनाएका थिए । अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य तालिम अहिले जारी छ ।

यसअघि पनि दक्षिण कोरियामा रहेका जापानी राजदुतमाथि सोही पृष्ठभूमीका व्यक्तिले आक्रमण गरेका थिए ।

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News