प्रियंकालार्इ अनुबन्धन गरे दिपकराज गिरीले
चलचित्र ६ एकान ६ को सफलताबाट हौसिएका हाँस्य कलाकार दिपकराज गिरी ले हाल अर्को चलचित्र बडा नं ६ बनाउन गइरहेका छन् । ६ एकान ६ कै निर्माण टोली र हाँस्य टेली श्रृङ्खलाहरुमा चर्चा कमाएका ६ एकान ६ मै अभिनय गरेका पुरानै टोलीको अभिनयमा बन्न लागेको यो चलचित्रमा ६ एकान ६ मा जमेकी नायिका नीता ढुङ्गाना भने अटाइनन् । उनको स्थानमा प्रियंका कार्कीले यस चलचित्रमा भभिनय गर्ने भएकी छिन् ।
पछिल्लो समय दिपकराज गिरीको टोलीसंग नीताको सम्बन्ध बिग्रिएको कारणले गर्दा नीता यो चलचित्रमा अनुबन्धित हुन नसकेको सम्बन्धित पक्षले जनाएको छ । चलचित्र ६ एकान ६ रिलिज हुनु अघिनै नीता निर्देशक दिनेश डीसीसगँ सम्बन्ध विग्रिएको थियो । चलचित्रले सफल व्यापार गरेको पछि मनाइएको पार्टीमा समेत उपस्थित भइनन् नीता ,यसरी सम्बन्ध विग्रए पछि उनको सट्टामा प्रियंका अनुबन्धित भएकी हुन् । प्रियंका ले अभिनय गरेका अधिकांश चलचित्र सफल हुन नसकेका भए पनि उनी अभिनित गत बर्ष रिलिज भएको नाइ, नभन्नु ल २ ले भने निर्कै चर्चा कमाउनुको साथै राम्रो व्यवसायिक सफलता समेत हात पारेको थियो ।