प्रताप लामा भए तेस्रो नेपाली तारा-3
निणर्ायकबाट प्राप्त अंकमा दर्शकले दिएको एसएमएस भोटिङ्को आधारमा नेपाली तारा ३ को उपाधि लामाले प्राप्त गरेका हुन् । प्रतापले एउटा बजाज डिस्कोभर मोटरसाइकलसहित २ लाख ५० हजार रुपैयाा हात पारेका छन् भने तीनवटा गीत गाउने अवसर पाएका छन् । देवेश फस्ट रनर अप भएका छन् भने सुरेशले तेस्रो स्थानमा चित्त बुझाउनु परेको छ ।
शुक्रबार भएको फाइनलमा उत्कृष्ट तीन प्रतियोगीले आˆनो अन्तिम प्रदर्शन दिएका थिए । अन्तिम १० मा पुगेका प्रतियोगीहरुले जनही ११ हजार रुपैयाा पाउनुका साथै ँटप टेन’ एल्वममा गाउने अवसर पाउने आयोजकले जनाएको छ ।