बिहेको मिति नतोकिँदै फिल्मको अनुबन्ध भंग गरिन् कट्रिनाले

बिहेको मिति नतोकिँदै फिल्मको अनुबन्ध भंग गरिन् कट्रिनाले

katrinaमुम्बर्इ । बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री कट्रिना कैफको बिहे गरिदिने छिनोफानो दुवैतिरका परिवारले गरिसकेको बताइए पनि बिहेको मिति भने अझैसम्म सार्वजनिक भएको छैन । यस्तोमा भारतीय सञ्चार माध्यमले कट्रिनाले बिहेको तयारी गरिसकेको उल्लेख गरेका छन् । यसका लागि उनले पहिल्यै खेल्न मञ्जुर गरिसकेको फिल्मबाट हात झिकेकी छिन् ।
समाचारअनुसार कट्रिनाले तीनवटा फिल्ममा काम गर्नेगरी गरेको अनुबन्धन एकतर्फी रुपमा भंग गरेकी छन् । काम गर्ने सहमति जनाएपछि फिल्म प्रोडक्सन कम्पनीले दिएको एडभान्ससमेत फिर्ता गरिसकेको उनले बताइएको छ ।

कट्रिनाद्वारा अभिनित तीन फिल्म प्यान्थम,फितुर र जग्गा जासुस रिलिजको संघारमा रहेकाले उनले बिहेका लागि फुर्सदिलो समय निकाल्न साइन गरेको फिल्ममा काम नगर्ने जनाएको समाचारमा उल्लेख छ ।

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News