सानेले निर्देशन गरेको ‘लाटी’ जेठमा रिलिज हुने

काठमाडौं, फाल्गुन १८ । नेपाली मौलिक कथा उठान गरेको चलचित्र ‘लाटी’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ ।
निर्माता शिशिरजय खरेलको जन्मदिनको छेकोमा चलचित्र युनिटले अफिसियल पोस्टर सार्वजनिक गर्दै रिलिज मिति पनि तर गर्यो ।
यो चलचित्र आउँदो २०७२ सालको जेठ १ मा रिलिज हुने भएको छ । लाटी’को सार्वजनिक पोस्टरले चलचित्र महिलाप्रधान रहेको भान हुन्छ ।
पोस्टरमा लिड अभिनयमा रहेका कलाकारहरुको अनुहार देख्न सकिन्छ । चलचित्रलाई राज बहादुर सानेले निर्देशन गरेका हुन् भने कथा पनि निर्देशक साने को नै हो ।
‘लाटी’मा खरेलसँगै प्रशन्न रिमाल, त्रिलोचन सैजु र निशा अधिकारीको लगानी छ ।
सृजना फिल्मस् को व्यानरमा तयार यो चलचित्रमा सविका कार्की, रिभल मल्ल, जिके शर्मा, रामचन्द्र अधिकारी, सुवास गजुरेलसँगै पछिल्लो समयको हिट चलचित्र ‘झोला’का बाल कलाकार सुजल नेपालको लिड अभिनय छ ।
यसअघी नै यो चलचित्रको एक गीत सार्वजनिक भईसकेको छ । पोष्टप्रोडक्शनको अन्तिम चरणमा रहेको यो चलचित्रले एक सरल स्वभावकी युवतीले झुल्नुपर्ने सामाजिक अवस्थाको चित्रण गरेको निर्माता खरेलले बताए ।
यो चलचित्रमा संगीत बसन्त सापकोटाको छ भने द्वन्द्व प्रदिप खड्काको छ । चलचित्रलाई पदमराज श्रेष्ठले खिचेका हुन् ।

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News